राशिफल - वि.सं. २०७३ साल चैत १८ गते। शुक्रवार।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपहिलेको योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम सम्पादन हुनेछन्। खानपान तथा भेटघाटको अलमलले अवसर गुम्न सक्छ। आस देखाउनेहरूको भर पर्दा अप्ठ्यारो समयमा दु:ख पाइनेछ। फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। समयमा सजग नबन्दा अध्ययनमा पनि पछि परिने सम्भावना छ। तापनि प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। (नेपाली पात्रो
)बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusकेही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला। अर्थ अभावले सताउन सक्छ। मनपर्ने वस्तु अरूलाई सुम्पनुपर्ने हुन सक्छ। केही नोक्सानमा परिएला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। साँझदेखि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। पहिलेका समस्या दोहोरिन सक्छन्। (नेपाली पात्रो)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiमिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। कामबाट मनग्गे लाभ मिल्नेछ। विभिन्न स्रोतबाट रकम हातलागी हुनेछ। साँझदेखि भने ऋणभार बढ्ने सम्भावना छ। र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। (नेपाली पात्रो)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपुरुषार्थी काम प्रारम्भ हुनेछ। भने प्रशंसकहरू पनि बढ्नेछन्। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। प्रतिष्ठित काम गरेर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। साँझदेखि भने ईर्ष्या गर्नेहरूले बाधा पुर्याउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या आइपर्ला। (नेपाली पात्रो)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoसामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नैले समस्या निम्त्याउनेछन्। साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। व्यवसायमा प्रतिस्पर्धा गर्नुपरे पनि साँझदेखि स्थितिमा सुधार आउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्गे धन आर्जन गर्न सकिनेछ। (नेपाली पात्रो)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्न सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। तत्काल लाभ नभए पनि मिहिनेत गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। चिताएको काम पूरा नभए पनि आंशिक फाइदा उठाउन सकिनेछ। आस मारेको कामले पछिका लागि उत्साह जगाउनेछ। (नेपाली पात्रो)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraपरिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ। साँझदेखि बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक काममा जुट्नुपर्ला। सुविधाका लागि खर्च गर्नुपर्ने देखिन्छ। सुखदुःखमा साथ दिनेहरू थोरै मात्र हुनेछन्। (नेपाली पात्रो)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioभौतिक साधन जुट्नेछन् भने मिहिनेत गर्दा दिगो फाइदा जुट्नेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ। यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान समेत पाइनेछ। तर, अरूका विषयमा चासो लिने बानीले समस्या निम्त्याउला। आफ्ना सूचना बाहिरिनाले दु:ख पाइनेछ। (नेपाली पात्रो)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusसमयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने स्थिति आउन सक्छ। हल्लाको भर पर्दा दु:ख पाइनेछ। साँझदेखि विघ्नबाधाहरू हट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्यले प्रशस्तै लाभ दिलाउनेछ। दिगो फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। (नेपाली पात्रो)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। सहयोगीहरूले पनि विपक्षीलाई साथ दिन सक्छन्। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। साँझदेखि बाधाहरू स्वत: हट्नेछन्। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्दा दिगो फाइदा हुनेछ। (नेपाली पात्रो)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusविभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ होला। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। साँझदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। चिताएको काम बिग्रने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। (नेपाली पात्रो)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesछिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउला। अवसर आए पनि काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। अरूको सेवामा खटिँदै गर्दा आफैंलाई समस्या आउन सक्छ। द्विविधाले निर्णायक क्षमतालाई कमजोर तुल्याउनेछ। दोहोर्याएर प्रयत्न गर्दा साँझदेखि काम बन्नेछन्। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। अहिलेको मिहिनेतले पछिलाई फाइदा दिलाउनेछ। (नेपाली पात्रो)

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.