आज बिहिबार १७ चैत / मार्च ३० को राशिफल हेर्नुस

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। विभिन्न अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। भेटघाटको अलमलले काममा बाधा पुग्नेछ। अरूको भर पर्दा काममा विलम्ब हुनेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। सोचेको फाइदा उठाउन नसकिएला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
विशेष भेटघाटले काममा उत्साह बढाउला। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा निकै फाइदा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने हुन सक्छ। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। चिताएको काम रोकिए पनि भाग्यले केही अवसर थमाउनेछ। तारिफयोग्य कामद्वारा धेरैको मन जित्न सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने स्थिति आउला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सहयोगीहरूको भर पर्दा दुस्ख पाइनेछ। गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर जुटे पनि ठूलो उपलब्धिका लागि समय पर्खनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ। कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। तापनि, आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। परिस्थितिवश तत्काल लाभांश नजुट्न सक्छ। चिताएको काममा विलम्ब हुन सक्छ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। पेटको खराबीले कमजोर भइनेछ। पछिका लागि फाइदा भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहोला। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किएला। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले समेत आफैंलाई अप्ठ्यारो पार्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। नेपाली पात्रो

.

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.