ठाकुर भन्छन्- ‘लाजशरम र संस्कार नभएकी हाम्रा देशकी फस्ट लेडी

काठमाडौं, ३१ भदौ । हिन्दू युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकास ठाकुरले प्रधानमन्त्री पत्नी सीता दाहालको कडा शब्दमा आलोचना गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको शिष्टाचार भेटमा देखाएको अस्वभाविक र अमर्यादीत व्यवहारको आलोचना गर्दै ठाकुरले लेखेका छन्– ‘लाज शरम र संस्कार नभएकी हाम्रा देशका फस्ट लेडी ।’
सार्वजनिक फोटोमा सीता नाक छोपिरहेकी छन् भने एक नेपाली कुटनीतिज्ञ त्यो दृश्य देखेर हासिरहेका छन् ।
यस्ता छन् ठाकुरको आलोचनाका कडा शब्दः
फोटोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछि हिडने महिला नेपालकी फस्ट लेडी (प्रचण्ड पत्नी) सीता दहाल हुन । उनी प्रधानमन्त्रीको राजकीय भ्रमणको क्रममा भारतको अतिबिशिष्ट ठाउमा नाक बन्द गरेर हिडिरहनु भएको छ । यसमा मैले बुझेकोमा दुईवटा कारण हुन सक्छन्ः
१. बर्षौ वर्षदेखी जंगलमा बसे र पछि आफ्नो घरमा । त्यसैले कि त उहाँलाई जंगलको बासना पसन्द पर्छ कि त घरको! त्यहा दुबै पाईएन ।
२. या त अतिबिशिष्ट कार्यक्रममा कोही वायु प्रदुषण गर्दै हिडेको होलान । त्यही भएर नाक बन्द गर्नु भयो ।
लाजशरम र संस्कार नभएकी हाम्रा देशका फस्ट लेडी ।
कोही माओवादीको हुनुहुन्छ, फोन गरेर सम्झाउनुस । देशको ईज्जत डुवायो फस्ट लेडीले ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.