भारतीय एसएसबीले दुई नेपाली प्रहरीलाई आफ्नो नियन्त्रणमा लिएपछि ::

बीरगन्ज, ५ असोज  - सीमावर्ती सहर रक्सौलबाट दुई नेपाली प्रहरीलाई भारतीय सशस्त्र सीमा बल एसएसबीले आफ्नो नियन्त्रणमा लिएको छ।

रक्सौलबाट वीरगन्ज तर्फ मोटरसाइकलमा आइरहेका पर्साको अमरपटी चौकीमा कार्यरत दुबै जनालाई मगंलबार साँझ नियन्त्रयमा लिएको हो। चेकजाँचको क्रममा मोटरसाइकलबाट लागूपदार्थ जस्तो देखिने समान बरामद भएपछि अमरपटी चौकीका इन्चार्ज सहायक निरीक्षक प्रमोद प्रसाद साह र हवल्दार जयसी लाल प्रसादलाई नियन्त्रमा लिइएको एसएसबी पन्टोका पोष्ट इन्चार्ज दीपक कुमार यादवले जानकारी दिए। 

बरामद बस्तु नकली भएको र स्थानीय एक तस्करको गलत खबर दिएकाले दुबै जनालाई पक्राउ गरिए पनि राति नै छाडिएको उनले जानकारी दिए। स्थानीय कारोवारी प्रमेश्वर प्रसाद भन्ने व्यक्तिले टिभी उपहार दिने बहानामा उनीहरूलाई बोलाएको थियो। अनुसन्धानपछि यो सबै नाटक भएको भारतीय सीमा सुरक्षा बलले जनाएको छ।

पक्राउ परेका प्रहरी सहायक नीरीक्षक प्रमोद प्रसाद साहले कारोबारी रामेश्वर प्रसादले तस्करीको समान बरामद गरी कारबाही गरेकोले नेपाल प्रहरीलाई टिभी उपहार दिने बहानामा रक्सौल बोलाएको बताए। सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.