काठमाडौं प्रहरी प्रमुख विक्रम सिंह भन्छन्, ‘पुर्व लडाकुको ‘अर्ध–भुमिगत’ संगठनले बम पड्काए’

काठमाडौं– काठमाडौं प्रहरी प्रमुख विक्रम सिंह थापाले पुर्व लडाकुहरुको अर्धभूमिगत संगठनले काठमाडौंका आधा दर्जन स्कुलमा बम राखेर आतंक मच्चाएको बताएका छन् । मंगलबार बिहानै शंकर लाखे, चन्द्रबहादुर तामाङ लगायतका पुर्व लडाकुको समुहले बिहान करिब चार बजे बौद्धका दुईओटा स्कुलमा बम विष्फोट गराएका थिए । बाँकी चारओटा स्कुलको गेटमा बम राखेका थिए ।Bikram Singh Thapa (1)
‘बम आतंकमा संलग्नहरु पुर्व लडाकू भएको खुलेको छ’ काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम सिंह थापाले भने, ‘दुई जना पक्राउ परेका छन्, मिन देवकोटा र सुमन श्रेष्ठलाई खोजिरहेका छौं ।’
मंगलबार बिहान बम आतंक मच्चाउने मुख्य भुमिकामा थिए, मिन देवकोटा । देवकोटा योङ कम्युनिष्ट फोर्स नेपालको संयोजक रहेको काठमाडौं प्रहरी प्रवक्ता प्रधुम्न कार्कीले जानकारी दिए ।
बम विष्फोट गराएपछि पक्राउ परेका शंकर लाखे पूर्व लडाकुका प्लाटुन कमाण्डर थिए ।
‘माओवादी कम्युनिष्ट केन्द्र नेपाल’ नामको अर्धभूमिगत संगठनमा क्रियाशिल रहेकाहरुले बम विष्फोट गराएको उल्लेख गर्दै एसएसपी विक्रम थापाले भने, ‘देवेन्द्र महतो नामको पुर्व लडाकुले नेतृत्वको गरेको माओवादी कम्युनिष्ट केन्द्रमा उनीहरुको आवद्धता देखिएको छ ।’
‘निर्माण’ उपनामले चिनिएका महतो लामो समय माआवादी जनयुद्धमा सहभागी भएको बताईएको छ ।
मंगलबार बिहानको बम आतंकपछि संभावित आतंक रोक्न र संलग्नहरुलाई नियन्त्रणमा लिन महानगरीय प्रहरी परिसरले ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ । ‘मोटसरसाईकल गस्ति, मोवाईल गस्ती बृद्धि गरेका छौं’ एसपी कार्कीले भने, ‘विद्यालय आसपास र उद्योगधन्दा भएका स्थानहरुमा सुरक्षा सतर्कता बढाएका छौं ।’

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.