हिन्दी भाषालाई सरकारी भाषा बनाउन खोजिएको भन्दै राजधानीमा प्रदर्शन

काठमाडौं–एमालेको भातृ संगठन अनेरास्ववियुले प्रचण्ड नेतृत्वको सरकारले हिन्दी भाषालाई सरकारी कामकाजी भाषा बनाउन खोजेको, टिकापुर गैरन्यायिक हत्याका आरोपीहरुलाई उन्मुक्ति दिन खाजेकोलगायतका आरोप लगाउँदै आइतबार राजधानीमा प्रदर्शन गरेको छ ।
1474800025273_ros_ktm_160925_img_8463
राजधानीको प्रर्दशनीमार्गबाट सुरु गरेको खवरदारी ¥याली बागबजार हुँदै शान्तिबाटीकामा पुगेर कोणसभामा परिणत भइ सकिएको अनेरास्ववियूका प्रवक्ता सुदिप शर्माले जानकारी दिए ।
उक्त कोणसभालाई अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष नविना लामाले सम्बोधन गर्दै हिन्दी भाषालाई सरकारी कामकाजी भाषा बनाउन खोजिएको, टिकापुर गैरन्यायिक हत्याका आरोपीहरुलाई उन्मुक्ति दिन खोजिएको जस्ता आरोप लगाउँदै त्यस्तो गरिए कडा आन्दोलन गर्ने चेतावनी दिइन् ।
शनिबार प्रधानमन्त्री प्रचण्डले नेपाल टेलिभिजनसँग अन्तर्वार्तामा सरकारी भाषामा हिन्दीलाई मान्यता दिन लागिएको भन्ने कुरा गलत भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.