के तपाईलाई थाह छ फिटकिरीका फाइदा ? फिटकीरी प्रयोग गर्नुहोस् यि फाइदा पाउनुहोस् :: जानकारीका लागि

फिटकिरीले केवल पानी मात्र सफा गर्दैन। यसले स्वास्थ्यमा पनि कयौं तरिकाले फाइदा गर्छ। यसको प्रयोगले विभिन्न रोगबाट बच्न सकिन्छ।

 -  फिटकिरीमा म्याग्नेसियम सल्फेट हुन्छ। म्याग्नेसियम मानिसको कोषको महत्वपूर्ण हिस्सा हो, जसले शरिरमा ३०० भन्दा बढी इन्जाइमलाई रेग्युलेट गरेर हामीलाई स्वस्थ बनाउँछ।
 -  मनतातो पानीमा फिटकिरी र कन्डिसनर समान मात्रामा मिलाएर कपालमा लगाउनुस्। १५-२० मिनेट पश्चात चिसो पानीले धुनुस्। हप्तामा एक पटक यस्तो गर्दा कपाल बाक्लो हुन्छ।
-  दुखेको हात वा खुट्टा दुई चम्मा फिटकिरी घोलेको पानीमा डुबाउनुस् दुखाइ कम हुन्छ।
 - म्याग्नेसियमले शरिरबाट हानिकारक पदार्थ निकाल्छ। तातो पानीमा एक कप फिटकिरी पाउडर हालेर १०-१५ मिनेट पछि त्यो पानीले नुहाउँनुस्। हप्तामा २-३ पटक यस्तो गर्दा छाला स्वच्छ बन्छ।
-  जाडो महिनामा ओठ लगायतको छाला फुट्ने समस्या अधिकांसले भोग्दै आएको हो। फिटकिरी, अलैचीको दाना एक साथ पिनेर छालामा लगाउँदा फुटेको सन्चो हुन्छ।
 - फिटकिरी पानी हप्तामा तीन पटक पिउँनुस्। शारिरीक अनि मानसिक तनाव कम गर्न यो निकै फलदायी हुन्छ।
- फिटकिरी पानीले नुहाउँदा मुटुलाई पनि राम्रो गर्छ। साथै हृदयघातको सम्भावना समेत कम गर्छ।
 - चिसो मौसममा औला सुन्निने समस्या पनि फिटकिरीले समाधान गर्छ। मनतातो फिटकिरी पानीमा सुन्निएको औला डुबाउँदा राहत मिल्छ।
 - टन्सिनको समस्या छ भने फिटकिरी पानीले गारगर गर्दा छिटो सन्चो हुन्छ।
 - काटेको ठाउँबाट रगत बगेको छ भने फिटकिरी पानीले धुनुस् अनि फिटकिरको पाउडर लगाउनुस्। रगत बन्द हुन्छ। साथै बगेको रगत बन्द गर्न चिनी पनि निकै सहज घरेलु उपाय हो।
-

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.