पाल्पा–काठमाडौं डिलक्स रात्रीबस सेवा सुरु
पाल्पा काठमाडौंको लागि सुविधासम्पन्न डिलक्स बस सेवा सुरु भएको छ। श्रीनगर यातायात व्यवसायी समिति पाल्पाले असोज ३ गते सोमबारदेखि सुविधासम्पन्न करुवा डिलक्स रात्रीबस संचालन गर्न लागेको हो। समितिले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको छ।
‘करुवा डिलक्स बसमा वाइफाइ, हिटर, कुलर, एलइडि भिडियो लगायतका सेवाहरु थप गरेका छौं’ समितिका अध्यक्ष डिलबहादुर ढुंगानाले भने। डिलक्स सेवा उपभोग गरेवापत यात्रुले नेपाल सरकारले तोकेको भाडादरमा २० प्रतिशत थप गरी ६ सय ९० रुपैयाँ भाडा तिर्नुपर्ने ढुंगानाले जनाए। बस दैनिक पाल्पा बसपार्क र काठमाडौं गोंगबु बसपार्कदेखि साँझ साढे ६ बजे छुट्नेछ।
करुवा डिलक्स बसमा यात्रा गर्नको लागि तानसेन बसपार्क, मिसन अस्पताल नजिकैको काउण्टर, प्रभास, आर्यभञ्ज्याङ, बुटवल ट्राफिकचोक, काठमाडौंको गोंगबु बसपार्क र सुन्धारामा रहेका समितिका शाखाहरुबाट समेत टिकट बुकिङ गर्न सकिने समितिले जनाएको छ। समितिले यसअघि नै पाल्पा काठमाडौंको लागि करुवा डिलक्स हायस सेवा संचालन गरिरहेको छ।


0 comments
Write Down Your Responses