पाकिस्तानका सेना प्रमुख जनरल राहील शरीफले प्रत्यक्ष र अप्रत्यक्ष खतरासंग निपट्न पाकिस्तानी सेना तयार रहेको बताएका छन्।
पाकिस्तानी सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तीमा केन्द्रिय कमान्डरको बैठकमा देशमा देखिएको आन्तरिक तथा बाह्य खतराको समीक्षा गरिएको बताइएको छ।
केन्द्रिय कमान्डरको यो बैठक भारत प्रशासित कश्मिरको उरीमा सेनाको बेस क्याम्पमा आतंककारी आक्रमणको एक दिन पश्चात बसेको हो। यो आक्रमणमा १८ भारतीय सैनिक मारिएका थिए।
आइतबार बिहान उत्तरी कश्मिरमा भारत-पाकिस्तान सीमा नजिक उरीमा भारतीय सुरक्षाबल र आतंककारी बिच पाँच घण्टा गोलीबारी भएको थियो।
भारतले जारी गरेको बयानमाथी बोल्दै जनरल राहील शरीफले भने, ‘हामीले यो क्षेत्रमा ताजा घटना र त्यसले पाकिस्तानको सुरक्षामाथी प्रभावबारे नजर राखेका छौ।’
भारतीय सेनाले सोमबार मारिएका चार आतंकारीको सम्बन्ध जैश-ए-मोहम्मदसंग भएको बताएको थियो।
केही आतंककारीसंग पाकिस्तान लेखिएका वस्तु समेत भेटिएको जनाएको थियो।
उरी आक्रमण पश्चात भारतीय गृहमन्त्री राजनाथ सिंहले एक बयान जारी गर्दै ‘पाकिस्तान एक आतंकवादी राज्य’ भएको बताएका थिए।
कश्मिरको मुद्धाले चर्कै पर्ने संकेत!!!! भारतले पाकिस्तानलाई 'आतंकवादी मुलुक' भनेपछि पाकिस्तानको सेनाले जवाफ दियो, 'हामी तयारी छौँ'
Powered by Blogger.

0 comments
Write Down Your Responses