कम उमेरमै कपाल फुलेको छ ? त्यसो भए यसो गर्नुस
काठमाडौं, ३ असोज । आज कम उमेरमै कपाल फुल्ने समस्या निकै बढेर गएको छ ।मानिसको व्यस्तताका कारण कपालको स्याहार गर्न नपाउने, प्रदुषित बाताबरण विषादी मिसाइएको खानेकुरा आदिका कारण पनि धेरैको कपाल उमेर नपुग्दै फुल्ने गरेको पाईन्छ ।
यसरी कपाल फुल्दा उमेर छँदै अरूले उमेर छिप्पिएको मानिस भनेर समेत भन्ने गर्छन यसले उमेर नपुगी कपाल फुलेकालाई झन् तनाव हुने गर्छ साथै नरमाइलो पनि लाग्ने गर्छ । यसरी फुलेको कपाललाई लुकाउने माध्यमको रूपमा अहिले कपालमा रंग दल्ने रहेको छ तर, यो समस्याको विकल्प मात्र कपाल रंग्याउने होइन ।
केही घरेलु उपचार गर्न सके सेतो कपाललाई पुन कालो गर्न सकिन्छ त्यो पनि प्राकृतिक तरिकाले । यहाँ यस्ता केही घरेलु उपचारहरू बताइएको छ जसले तपाईको फुलेको कपाललाई केही राहत दिनेछ अर्थात् तपाईको कपाललाई पुनः कालो बनाउन सहयोग गर्नेछ ।
यस्ता छन् फुलेको कपाललाई पून कालो बनाउने केही घरेलु उपाए
१. सकेको अमलालाई पानीमा भिजाएर त्यसलाई पिसेर लेदो बनाउने । त्यसमा एक चम्चा युकेलिप्टसको तेल मिसाउने । यो मिश्रणलाई एक रात फलामको भाँडामा राख्ने र बिहान उक्त मिश्रणमा दही, कागती र अण्डा मिसाएर कपालमा लगाउने । १५ दिनसम्म यस्तो कार्य गर्नाले तपाईको सेतो कपाल कालो हुनेछ ।
२.अमलाको जुस, बदामको तेल, कागतीको जुस मिलाएर कपालमा लगाउने गर्नाले कपालमा चमक आउँछ र सेतो पनि हुन दिँदैन ।
३. अदुवा पिसेर त्यसमा थोरै मह मिसाएर पेष्ट बनाउने र टाउकोमा लगाउने । यो कार्य दैनिक गर्नाले सेतो कपाल पुनः कालो हुन्छ ।
४. कपालमा ऐलोभेरा (घ्युकुमारी)को जेल लगाउनाले पनि कपाल झर्न कम हुन्छ र कपाललाई सेतो हुन दिँदैन् ।
५. दिनहुँ थोरै मात्रामा अमलाको जुस खाने गरेमा पनि लामो समयसम्म कपाल कालो राख्न सकिन्छ ।
६ कम उमेरमा सेतो भएको कपालमा एक ग्राम कालो मरिचमा थोरै दही मिसाएर लगाउने गरे पनि लाभ हुन्छ ।
७ गाईको दुध या मख्खन कपालमा लगाउने गर्नाले पनि चाँडो फाइदा गर्छ ।
८.नरिवल तेलमा ताजा अमला कालो नभएसम्म उमाल्ने र त्यसलाई कपालमा लगाउने । राती उक्त मिश्रण कपालमा लगाएर सुत्ने र बिहान उठेर कपाल बुहाए फाइदा हुन्छ ।
९। २ चम्चा हीना पाउडर, १ चम्चा दही, १ चम्चा मेथी, ३ चम्चा कफी, २ चम्चा तुलसी पाउडर, ३ चम्चा पुदीना मिसाएर लेदो बनाउने र कपालमा लगाउने । त्यसको तीन घण्टापछी कपाल नुहाउने । यसले कपाल सेतो हुनबाट रोक्छ ।
१०. मेहन्दीलाई नरिवलको तेलमा मिसाएर लेदो बनाउने र कपालमा लगाउनाले कपालको रंग आकर्षक बन्छ ।
११. कपालमा दिनहुँ सर्सुको तेल लगाउनाले कपाल सधै कालो रहन्छ ।
१२. नरिवल तेलमा निमको पात कालो हने गरी पकाउने र उक्त तेल कपालमा लगाउने गरे कपाल बाक्लो र कालो हुन्छ ।

0 comments
Write Down Your Responses