जानीराखौ धनी बन्ने केही उपाय

काठमाडौं, १३ असोज । दुनियाँमा सबै मानिस धनी बन्न चाहन्छन् , तर धनी बन्न केही उपाय अपनाउनु पर्छ । धनी बन्न पहिलो शर्त हो, परिश्रमी चरित्र र इमान्दार व्यावहार ।
यसले मानिसलाई आत्मविस्वासी बनाउँछ । दोस्रोमा पर्छ, आम्दानी भन्दा खर्च कम हुनु पर्छ । मानौ, तपाईको आम्दानी मासिक २५ हजारछ भने त्यसको ६० प्रतिशत भन्दा बढी खर्च नगर्नुहोला । मासिक १० हजार रुपैँयालाई ४० प्रतिशतले बढाउँदै लैजाने हो भने धनी बन्न सकिन्छ ।
कुनै महिना पुँजी वृद्धि गर्न सकिएन भने पनि निराश नभइकन अर्को महिना थप्ने गर्नुपर्छ । यसका लागि दिनको १८र१९ घण्टा खट्न पनि पछि पर्नु हुँदैन ।
तर, धनी बन्न यति आम्दानीले पक्कै नपुग्ला । यसका लािग बचत गरेको पैसलाई पनि थप आम्दानी क्षेत्रमा लगानी गर्नुहोस । यसले तपाईको हैसियत बिस्तारै बढाउँदै लैजान्छ । यसले मानिसलाई ‘कम्पिटिटर ’बनाउँछ । यसपछि पैसा हुने वर्गले पत्याउन थाल्छन् र ऋण तथा सापटी दिन्छन् । यस्तो पैसा पनि आम्दानी हुने क्षेत्रमा विस्तारै गर्दै लौजानुहोस ।
यस्तो चक्र ७ देखि १० वर्षसम्म चल्दा मानिस आर्थिक रुपमा राम्रै हैसियतमा पुग्छ ।paisa

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.