पेट बढेर चिन्तित हुनुहन्छ ? यस्ता छन् सजिलै घटाउने १० उपाय

pet_vudi-750काठमाडौं, ३० भदौ । व्यस्त जीवन शैली, गलत डाइट, सिटिङ जब र हर्मोनमा आउने परिवर्तनका कारण कोही पनि मानिस मोटो हुने गर्दछ । मोटोपनको सबैभन्दा ठूलो दुर्भाग्य भनेको पुटुक्क परेको पेट हो । एकपटक पेट बढेपछि त्यसलाई घटाउन निकै गाह्रो हुन्छ । तर यो असम्भव भने होइन । यसका लागि तपाईंले आफ्नो खानामा केही परिवर्तन ल्याउनुका साथै हल्का व्यायाम पनि गर्नुपर्छ ।
यस्ता छन्  बढेको पेट घटानने उपायहरु । 
१. मनतातो पानी पिउनुहोस्ः
दिनभरी कम्तीमा पनि ३ देखि ४ ग्लास मनतातो पानी पिउनुहोस् । यसले तपाईंको पेटको बोसोलाई निकै छिटो पगाल्ने गर्दछ ।
२. बदाम (एल्मोन्ड:
दैनिक ४ देखि ५ वटा बदाम खानुहोस् । यसमा पाइने भिटामिन इ, पोलिस्याचुरेटेड र मोनोस्याचुरेटेड फ्याटले भोक नियन्त्रण गर्दछ । यसले पेटको बोसो कम गर्नमा सहयोग गर्दछ ।
३. दही
दैनिक रुपमा एक गिलाँस दही खानुहोस । यसमा पाइने क्याल्सियमले पेटको बोसो बढाउने कार्टिसोल हर्मोनको लेभललाई कन्ट्रोल गरेर पेट घटाउन मद्धत गर्नेछ ।
४. हरियो सागसब्जीः
खानामा पालुङ्गो, मेथी र बन्दाजस्ता हरियो तरकारी समावेश गर्नुहोस् । यसमा प्रचुर मात्रामा फाइबर पाइने भएका कारण पेटको बोसो घटाउनमा सहयोग पुर्याउँछ ।
५. ब्रेकफास्टः
बिहान प्रोटिनयुक्त ब्रेकफास्ट खानुहोस् । यसमा अन्डा, दुध, केरा र फलफुलजस्ता स्वस्थकर खानेकुरा समावेश गर्नुहोस् । यसले दिनमा पटक पटक भोक लाग्ने समस्याबाट छुटकारा दिन्छ
६. खाना खाँदा पानी नपिउनुहोस्ः
खाना खाने बेलामा पानी नपिउनुहोस् । यसले खाना ठिक तरिकाले डाइजेस्ट हुन दिँदैन जसका कारण बोसो बढ्न थाल्छ । खाना खाएको १० वा १५ मिनेट पछि मात्र पानी पिउनुहोस् ।
७. एकैपटक नखानुहोस
खना खाँदा एकैपटक नखानुहोस । आफ्ने खानालई २ वा २ वा तीन घण्टको ग्यापमा खानुहोस यसले पेटमा बोसो लाग्न बाट बचाउँछ ।
८. ग्रीन टीः
ग्रीन टीमा पर्याप्त मात्रामा थायनाइन नामक एमिनो एसिड हुन्छ । यो एसिडले भोकलाई नियन्त्रण गर्दछ । यसले पेटको बोसो कम हुन्छ ।
९. महः
नियमित रुपमा एक ग्लास मनतातो पानीमा एक चम्चा मह मिसाएर पिउनुहोस् । यसले तपाईंको बोसो निकै छिटो समयमा घटाउन मद्दत गर्दछ ।
१०. मर्निङ वाकः
नियमित रुपमा २ देखि ३ किलोमिटर मर्निङ वकमा जानुहोस् । यसले क्यालोरी बर्न गर्न सहयोग गर्नेछ र बोसो घटाउनलाई सहयोग गर्दछpet_vudi-750

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.