
– नेपालमा पछिल्लो समय इमानदार मान्छेहरुको खडेरी लागेको छ । एकाध केही औँलामा गन्न सकिनेहरु बाहेक कसैले पनि राष्ट्रको हितमा उल्लेख्य काम गर्न सकेका छैनन् । गरेका छैनन्, गर्न दिएका छैनन् र गर्नै चाहेका छैनन् । तर यसो भन्दैमा यो देशमा सबै नराम्रा मान्छे मात्र पनि छैनन् । केही यस्ता ब्यक्तिहरु पनि छन् जसलाई उचोँ छाती र दह्रिलो मुठ्ठी पारेर मनै देखि सलुट ठोक्न मन लाग्छ । जसले नेपाली स्वाभिमान र नेपाली जनताका पक्षमा काम गरे । देशको वर्तमान जटिल अवस्था, राजनीतिक संक्रमण, भूकम्प, नाका बन्दीपछिको अबस्थामा यो देशलाई एउटा गति दिन उल्लेख्य भूमिका खेले । जसका कारण साँच्चिकै नेपाली जनताले नेपाली भनेर गर्व गर्न सके जसले नेपाल र नोपालीको पक्षमा काम गरे ।
के पी शर्मा ओली
kp-sharma-oli_0
प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री के पी शर्मा ओली प्रमूख ब्यक्ति हुन जसले नेपाली स्वाभिमानलाई उचाेँ पार्न महत्वपूर्ण भूमिका खेले । जसले समृद्ध नेपालको परिकल्पना गरे । हुन त उनले पहिले के के राम्रा नराम्रा काम गरे त्यो आफ्नो ठाउँमा छ । नेपालको संविधानज जारी भैसकेपछि भारतले लगाएको अघोषित नाका बन्दीको समयमा उनले दिएको योगदान अतुलनिय छ । भारतको हेपाहा प्रबृतिसँग डटेर लडेर चिनसँग सम्बन्ध बिस्तार गर्न सफल भए । भारतले नाका बन्दि लगाएर अत्यावस्यक वस्तुहरुकाे आयात ठप्प पारेको बेला चिनबाट इन्धन ल्याएर तपाई हामीलाई गाडी चढाए त्यो कसैले भुल्न हुँदैन ।
हुन त बिरोध गर्नेहरु पनि कमी छैनन् तर भस्कम्पले थिलोथिलो पारेको नेपाल र भारत निर्भर नेपाललाई एकपटक आफ्नै स्वाभिमान र पौरखका बाँच्न सिकाए । नौ महिनाको छोटो समयको कार्यकालमा चीन सँगको सम्झौता, आन्तरिक प्राकृतिक स्रोत र साधनको अध्ययन अनुसान्धानको प्रकृयाको शुरुवात, देखि तुइनमुक्त गर्ने अभियान, सामान्य कुरा जसले गम्भिर महत्व राख्छन् । लोकप्रिय नीति तथा कार्यक्रम र बजेट छोटो समयमा पनि ओली सरकारलाई सलुट गर्न मनलाग्ने काम हुन् ।
गगन थापा
hqdefault
नेपाली कांग्रेसका युवा नता स्वास्थ्य मन्त्री गगन थापा दह्रिलो सलाम गर्नु पर्ने दोस्रा ब्यक्ति हुन् । मन्त्रालय सम्हालेको छोटो समयमा उनले गरेका जनपक्षीय निर्णयले साँच्चिकै उनलाई पछिसम्म जनताले सम्झिरहने छन् । सारा मन्त्रीहरु बिभिन्न कार्यक्रमका नाममा भ्रमणमा ब्यस्त रहेपनि उने कुनै कुराको प्रवाह नगरी काम गरिरहेका छन् । उनले अस्ति भर्खर गरेको मृगौलाका बिरामीहरुको सम्पूर्ण डायलाइसिस निशुल्क गर्ने ब्यवस्थाले उनको उचाई अझै बढाएको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुवात गरेको यस सुबिधत्रालाई निरन्तरता दिँदै केह्ी थाप गरेर उनले गरेको निर्णले लाखौँ नेपाली जनताको मन जितेको छ । भिआइपीहरुको उपचार खर्चको नाममा करोडौँ राज्यको ढुकुटी सक्ने परिपाटीकोअन्य गर्न उनी लागि परेका छन् । हालै मात्र १५ लाख भन्दा कसैलाइृ पनि रकम नदिने निर्णय गरेका छन् । स्वास्थ्य संस्थामा mार्मेसी नहुँदा सर्वसाधरण ठगिने गरेको कुरालाइृ ध्यानमा राखेर उनले हरेक सरकारी स्वास्थ्य संस्थाको आफ्नै फार्मेसी राख्ने कुराले जनताको जीवनमा प्रत्यक्ष सरोकार राखेको छ । पार्टीको ह्वीपको समेत वेवास्ता गर्दै जनताको पक्षामा काममा लागेका उनले लोकमानसिंह प्रकणदेखि हेरेक समयमा संसदमा जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
गोकर्ण बिष्ट
नेकपा एमालेका सचिव लोकप्रिय नेता गोकर्ण बिष्ट अर्का एक नेता हुन्, जसलाई सारा नेपालीले सलाम ठोक्छन् ।nt4961 उर्जा मन्त्री हुँदाको बखत उनले गरेका साहस र कामले गर्दा नोपली
जनताले उनलाई कहिल्लै नबिर्सने छाप छाडेका छन् । लामो समय बिद्युत महसुल नतिर्ने सरकारी कार्यलय र ठूलावडाका घरको लाइन काट्ने उनको साहस र अभियान अहिले सम्म पनि निरन्तरता पाउँदै आएको छ । जनताको घरको होइन सिंहदरवारको बिजुली काट्न पर्छ भन्दै आफै पोल चढेर सिंह दरवार भित्रैबाट लाइन काट्न शुरु गरेको उनको कार्यको जतिसुकै प्रसंसा गरेपनि कम हुन्छ । किनककी उनले आफूल्े मात्र काम गरेनन् अरुलाई बाटो समेत देखाए । कमसेकम धेरैथोरै भएपनि उनकै सिकको गर्दै उनीपछिका उर्जा मन्त्रीहरुले पनि सोही कार्यलाई निरन्तरता दिए ।
त्यस्तै उनले पद छाड्ने बेला देखाएको महानताले जनताको मन सधैजितेको छ । सरकार छाड्दा सरकारी सेवा सुविधा छाडेर भाडाको ट्याक्सी चढेर फर्केको नेपाली जनताले बिर्सेका छैनन् । सधै नेपाल र नेताली जनताको पक्षमा काम गर्ने उनी पनि हरेक नेपालीले गर्वगर्ने नेता हुन् ।
लालबाबु पण्डित
पूpanditर्व मन्त्री नेकपा एमालेका नेता लालबाबु पण्डितको जतिसुकै प्रशंसा गरे पनि कम हुन्छ । सामान्य प्रशासनमन्त्री हुँदा गरेको उनको काम सधैभरी सम्झन लायक छ । खास गरी ग्रिनकार्ड, पीआर (पर्मानेन्ट रेसिडेन्सी)लगायत विदेशको स्थायी बसोवास अनुमतिपत्र लिएका कर्मचारीलाई सरकारी सेवामा अयोग्य रहने कानुन ल्याउन सफल भएका थिए । सामान्य जीवशैली र इमानदार पूर्वक गरेको कामले उनलाई सधै चर्चाको चुलिमा पु¥याएको छ । उनले नयाँ गाडी किन्न भनेर अर्थ मन्त्रालयबाट निकासा भएको ८० लाख रुपियाँ फिर्ता गरेका थिए । उनले मन्त्री हँदा पनि काँडावाला चप्पल लगाएका हुन्थे । डिभि पिआरधारी कर्मचारीलाई सरकारी सेवाबाट हटाउने उनको नीतिका कारण ज्यान मार्नेदेखि मन्त्रीबाट हटाइदिनेसम्मका धम्की सम्म आएका थिए ।
मन्त्री पद छोडिसकेपछिको उनको जीवशैलीले झन आम नेपाली सबैलाई एकपटक भाबुक नै बनाउने खालको छ । मन्त्री छँदा उनले डीभी पिआरधारी कर्मचारीलाई ठेगान लगाउन उनले लिएको नीति कसैले बिर्सिन सकिदैन । आफ्नी आमाको दुध चुस्ने अनि विदेशी पीआर लिएर आफ्नै आमाको छातीमा लात हान्नेलाई ठेगान लगाउने पण्गितलाई सलाम ।
धुर्मुस सुन्तली
23972हास्य कलाकार द्वय सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली को योगदानको जतिसुकै प्रशंसा गरे पनि कमी नै हुन्छ । गत वर्ष बि सं २०७२ बैसाख १२ गतेको बिनासकारी गोर्खा भूकम्पका कारण घरबार बिहिन भएकाहरुलाई नमुना आवास निर्माण गरिदिएर उनहरुले धेरै गुनलगाएका छन् । सरकारले गर्न नसकेको काम छोटो समयमा गरेर देखाएका उनीहरुले सरकारको पुननिर्माण प्रकृयाप्रति गतिलो झापड हानेका छन् । राष्ट्र निर्माण, तपाईँ हाम्रो अभियान भन्ने नारा सहित धुर्मुस सुन्तली फाउण्डेसन मार्फत उनीहरुले सिन्धुपाल्चोकमा बनाएको गिरानचौर नमुना बस्ती, त्यस्तै काभ्रेको पाँचखाल नगरपालिका–१६ पहरीगाउँमा निर्मित धुर्मुस सुन्तली नमुना बस्तीले भूकम्प पिडितको मुहार हसिँलो बनाएको छ । भूकम्पले खोसेको खुसी बिस्तारै फेरी छाउन थालेको छ ।
अधिबक्ता ओम प्रकाश अर्यालom-prakash-aryal
अख्तिया दुरुपयोग अनुसन्धान आयोगका प्रमूख लोकमानसिंह कार्कीको आज यो हालत बनाउने ब्यक्ति हुन् अधिबक्ता ओपप्रकास अर्याल । कसैको डर धम्कीबाट बिचलित नभएर लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख बनाउने चर्चा चल्ने वित्तिकै कार्कीलाई प्रमुख बनाउन नैतिक, कानुनी र आचरणका हिसाबले पनि गलत छ भनेर मुद्धा दायर गर्ने ब्यक्ति अर्याल हुन् । कार्की आफैले अधिकारको दुरुपयोग गरेर ब्यक्ति गत रिसिबी साँध्ने र आसेपासेलाई पोस्ने
कुलमान घिसिङ
kulman
एकाएक राजधानी काठमाडौँ र यसआसपासका क्षेत्रमा दैनिक ८ घण्टासम्म हुँदै अँएको लोडसेडिङ्ग हटेपछि अहिले नेपाल बिद्युत प्राधिकरणका प्रमूख कुलमान घिसिङको चर्चा चुलिएको छ । प्राधिकरणको प्रमूख भएको छोटो समय मै उनको ब्यवस्थापन गर्ने कुशल कार्य शैलीका कारण अहिले काठमाडौँ चौबिसै घण्ठा झलमल्ल भएको छ । कुलमानको कुशल कार्यशैली र इमानदारिताकारण नै यो सम्भब भएको हो । घामतापेर बस्ने सरकारी कर्मचरी र झारा टार्ने प्रबृतिको बिरुद्ध उनको इमानदारिताले अहिलले सारा काठमाडौँ खुसी छ । कसैले गर्न नसकेको काम उनले गरेर देखाएका छन् । सबै उनी जस्तै इमानदार निकिए सायद नेपाल छिट्टै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको परिकल्पना अनुसार कै समृद्ध बन्न धेरै समय कुर्नु पर्दैन ।
यो देशलाई यस्तै मान्छेको खाँचो छ । समृद्ध नेपालको परिकल्पना पूरा गर्ने नेता , इमानदार कर्मचारी, वकिल कलाकार र जनप्रतिनिधि जसले सारा नेपाल र नेपालीको मुहार फेर्न सकुन् । जहिले पनि यी ब्यक्तिहरुले गरेको काम र साहसलाई देखेर उचो छाती पारेर गर्वका साथ दह्रिलो मुठ्ठी पारेर सलाम ठोक्न मन लाग्छ ।
नेपालका यी ब्यक्ति जसलाई दह्रिलो मुठ्ठी पारेर सलाम गर्न मन लाग्छ !
Powered by Blogger.

0 comments
Write Down Your Responses