रहस्य खोज्दै प्रहरीः त्रिभुवन विमानस्थलमा लगेज जाँच्दा चराहरू भेटिएपछि...

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एअरलाइन्सको उडानद्वारा प्रस्थान हुन लागेका दुइजना यात्रुकाे लगेज (सुटकेस) जाँच्दा ६ वटा चरा भेटिएका छन्।राहदानी नम्बर ०१०९५१८५ बाहक कतारी नागरिक फैसल महमद र भारत घर भई काठमाडौं महानगरपालिका–३१ बागबजार बस्ने ३० वर्षीय महमद सुलेमानलाई सुटकेशमा लुकाई छिपाई लैजान लागेको अवस्थामा हुचिल जस्तो देखिने ६ वटा चरा सहित प्रहरीले पक्राउ गरेको हो ।
ति चराहरू दुर्लभ र बहुमूल्य पर्ने भएका कारण तस्करी गर्न लागिएको हुनसक्ने प्रहरीको अनुमान छ।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.