प्राधिकरणमा एमालेका कर्मचारीद्वारा कुटपिट
काठमाडौं, २४ कात्तिक । नेपाल विद्युत प्रधिकरणको कार्यालय रत्नपार्कमा एमाले निकट कर्मचारी संगठनका समर्थकहरुले गरेको कुटपिटबाट सवारी चालक पूर्णबहादर शाही घाएते भएका छन् ।
सहलेखापालको मौखिक परिक्षा रोक्ने उदेश्यसहिथ प्राधिकरण कार्यालय घेराउ गरेका एमाले र कांग्रेस समर्थक कर्मचारीहरुले घेराउ हेर्न आएका चालक शाहीलाई ‘सुराकी’ भन्दै कुटपिट गरेका हुन् ।
प्राधिकरणमा २० जना सहलेखापालका लागी अन्तर्वार्ताको हुने तय थियो । कुटपिटका कारण अन्तर्वार्ता रोकिएको प्रधिकरणले बताएका छ ।
कर्मचारीहरुका अनुसार एमाले निकट कर्मचारी संगठनका महासचिव भुमिनन्द अर्यालले स्वंयमले शाहीमाथि कुटपिट गरेका थिए । अर्यालमाथि फौजदारी मुद्दा चलाउन कर्मचारीहरुले माग गरेका छन् ।
प्राधिकरणमा कुटपिट र हुलदंगा चलेपछि अहिले नेपाल प्रहरीले कार्यालयलाई सुरक्षा दिईरहेको छ । एमालेनिकट कर्मचारी संगठनका नेताहरुले आफ्ना मानिसहरुलाई भनसुनका आधारमा घुसाउन नपाएपछि र अन्तर्वार्ताबाटमात्रै छानिने भनेर कार्यकारी प्रमुख कुलमान घिसिङले अडान लिएपछि एमाले र कांग्रेसका कर्मचारी संगठनले हुलदंगा गरेको प्राधिकरणका कर्मचारीहरुले बताएका छन् ।


0 comments
Write Down Your Responses