कांग्रेस नेताले गोठमा सुतिरहेकी युवतीको मुख थुनेर बलात्कार गरेको आरोप
खोटाङः एक किशोरीलाई बलात्कार गरेको आरोपमा खोटाङ दोर्पाचिउरीडाँडा–४ स्थित लामीडाँडा निवासी नेपाली काङ्ग्रेसका स्थानीय प्रतिनिधि ३५ वर्षीय महेन्द्रबहादुर खत्री विरुद्ध उजुरी परेको छ ।
गोठमा राति एक्लै सुतिरहेकी एक १८ वर्षीया किशोरीलाई कात्तिक २९ गते बेलुका खुकुरी देखाएर मुख थुनी खत्रीले जबर्जस्ती बलात्कार गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । उनी सोही दिनदेखि फरार रहेको पीडितपक्षका परिवारले बताएका छन् ।
पीडितले दिएको उजुरीको आधारमा पीडक खत्रीलाई खोज्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।
बलात्कृत किशोरीलाई मङ्सिर ६ गते बेलुका जिल्ला अस्पतालमा ल्याएर उपचार गरिएको छ । उनकोे अवस्था सुधार हुँदै गएकाले आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस


0 comments
Write Down Your Responses