सुनको मूल्य ६ महिना यताकै सस्तो, आज पनि घट्यो
काठमाडौं, १० मंसिर - सुनको मूल्य ६ महिनायताकै सस्तो भएको छ। शुक्रबार एकैदिन सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ५४ हजार २ सय रुपैयाँमा कायम भएको छ।
हिजो बिहीबार पनि सुनको मूल्य ८ सयले घटेर तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। गत जेठको मध्यमा सुनको मूल्य ५४ हजार ५ सयभन्दा तल ओर्लिएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमै सुन सस्तो भएकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको बताएको छ। मंसिर लागेयता सुन निरन्तर सस्तो भइरहेको छ।
चाँदीको भाउ भने आज स्थिर छ। आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।


0 comments
Write Down Your Responses