चर्को भोकमा तत्काल नखानुहोस् यी कुरा

कहिलेकाहीँ कामको व्यस्तता या अन्य परिस्थितिका कारण मान्छेहरू लामो समयसम्म भोक खपेर बस्ने गरेको पाइन्छ । भोकलाई नै लामो समय कुराउनु पेटको स्वास्थ्यका लागि निकै हानिकारक हुने चिकित्सकहरूले बताउने गरेका छन् । भोक खपेर बस्दा कमजोरीले चक्कर लाग्ने खतरा पनि हुन्छ । त्यसो त, लामो समयदेखि छिप्पिएको भोको पेटले एक्कासि टन्न पेट भर्ने खानाको अपेक्षा गरिरहेको हुन्छ । अधिकांश मान्छे गर्छन् पनि यस्तै । तर, लामो समयदेखिको चर्को भोकमा पेट भर्दा निकै विचार पु-याउनुपर्ने बताउँछन्, होमियोचिकित्सक डा. सबिर खाँ :
१. लामो समयसम्म पेट खाली राखेर चर्को भोकाएको अवस्थामा तत्काल कडा खाना नखानुहोस् । अझ धेरै मात्रा खाँदा त निकै हानिकारक हुन्छ । घन्टौँदेखि भोक खपेर बस्ने र चर्को भोकमा कडा खाना खाने गर्दा पेटले पचाउन सक्दैन । तत्काल शक्ति दिन सक्ने नरम खालको खाना खानुहोस् । रसयुक्त फलफूल उत्तम हुन्छ । पानीको मात्रा बढी हुने सिजनेबल फलफूल सेवन गर्दा शरीरमा छिटो–छिटो पानी सञ्चार हुन्छ र भोको शरीरमा तागत भर्छ ।
२. चर्को भोकाएको अवस्थामा सीधै टन्न पानी पिउने काम पनि नगर्नुहोस् । चर्को भोकमा पानीले पेट टुनुक्क त पार्छ, तर आवश्यक शक्ति दिन सक्दैन । सीधै पानी पिएर तत्काल केही ठोस पदार्थ खाँदा ग्यास्ट्रिकको खतरा पनि हुन सक्छ । त्यसैले पानीको मात्रा पनि प्राप्त हुने नरम ठोस पदार्थमै जोड दिनुपर्छ । सलाद उपयुक्त हुन्छ । सलादमा रहेको पानी शरीरले लामो समयसम्म सञ्चय पनि गर्छ ।
३. चर्को भोकमा एकैपटक धेरै खाउँजस्तो जो–कसैलाई लाग्छ । तर, यस्तो गर्नु गल्ती हुन्छ । चर्को भोकाएको पेटले एकैपटक धेरै खाँदा शारीरिक प्रतिक्रिया उत्पन्न भएर समस्या निम्तिन सक्छ । मान्छे बेहोस भएर ढल्न पनि सक्छ ।
४. चर्को भोक लाग्नु भनेको पेट खाली हुनु हो । लामो समयसम्म खाली भएको पेटमा चिल्लो र गुलियो धेरै पर्नु पनि हानिकारक हुन्छ । यो अवस्थामा तत्काल चिया पिउनु पनि ठीक होइन । पेटमा हानि पु¥याउँछ । पिरो मसलेदार खानाले झनै असर गर्छ ।
नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.