हामी कुर्लिन्छौ फेसबुकमा देश नेताले बिगारे, भ्रष्टचार गरे!!!कठै मेरो देश!!!!यो पढ्नुहोस र भन्नुहोस म स्वाभिमानी नेपाली हो की होइन ? शियर गर्नुहोस


हेडमास्टर फोटोग्राफर सग :- २० रुपैया धेरै भो स्कुलमा १५०० बिद्यार्थी छन सबैको १० रुपैयामा फोटो निकाल्नु
हेडमास्टर एकाउन्टेन्ट सग :- फोटोको लागि सबै विद्यार्थीसँग ३०/३० रुपैया लिनु ।।
टीचर क्लासमा विद्यार्थीसँग :
सुन बच्चाहरु तिमिहरुको आइडि कार्डको लागि भोलि फोटो खिच्ने हो सबैले घरबाट ५० रुपैया लिएर आउनु ।।।

एउटा विद्यार्थी :
यो सब टिचरहरु मिलेर नाफा खान खोजेको एउटा फोटोको २० पर्छ हामी सग ५० रुपिया लिदैछन, अनि हाम्रै पैसाले मोज गर्छन ।।।

तेहि विद्यार्थी घरमा आमा सग……
आमा आमा भोलि स्कुलमा फोटो शुट छ टिचरले सबैलाई १०० रुपिया लिएर आउनु भन्नू भाको छ …..

आमा: १०० रुपैया, खुल्लाम खुल्ला लुट मचाको छ यो स्कुलले पनि एउटा फोटोको १०० रुपिया, हाम्रै पैसाले तिनीहरु घरबार चल्ने भो ।। भरे बाबा आएसि मागेर म दिन्छु ।।।

आमा बाबा सग : सुन्न्नुस त , बच्चाहरुको स्कुलमा भोलि फोटो खिच्ने रे २०० रुपिया मागेका छन दिनुस न,फेरि भोलि बच्चा स्कुल जादैन ।।

अनि हामी कुर्लिन्छौ फेसबुकमा देश नेताले बिगारे, भ्रष्टचार गरे । कठै मेरो देश ।

सामाजिक संजालमा भेटेको कुरा साभार गरेका हौ |

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.