एमालेकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीले थुईक्क साला भनेपछि प्रचण्डपुत्र प्रकाशको यस्तो प्रतिवाद

काठमाडौँ, १५ मङ्सिर – प्रचण्ड सरकारले प्रदेशको सीमाकंन हेरफेरसहितको संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएपछि चौतर्फी रुपमा तिब्र बिरोध भइरहेको छ । नेता कार्यकर्ता मात्र होइन स्थानीय सर्वसाधरणहरुले पनि तिब्र असन्तोस प्रकट गरिरहेका छन् । प्रचण्ड सरकारले ल्याएको यो प्रस्तावको विरोधमा माओवादी र काँग्रेसकै नेताहरु विरोधमा छन् ।
यस बीच नेकपा एमालेकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीले ‘साला’ शब्द प्रयोग गरे कडा भाषामा विरोध गरेकी छन् । रामकुमारीले ट्वीटरमा लेखेकी छिन्, “थुईक्क साला यस्तो पनि प्रदेश हुन्छ ?साला संघियता प्रशासनिक शुगमताको लागि होकी ? त्यसका बाउलाई रिझाउन हो? ” ।twerteer
उनको यस ट्वीटको प्रतिवाद गर्दै प्रचण्ड पुत्र तथा प्रचण्डका स्वकीय सचिव समेत रहेका प्रकाश दाहालले सामजिक संजाल फेसबुक मार्फत यस्तो लेखेका छन्, दिदी जस्तो ब्यक्तिले बोल्ने भाषा यो हैन । तपाइँलाई लाग्दैन र ? कि राम्रै बोले जस्तो लाग्या छ ?”
झाँक्रीको उक्त विरोधको भाषा आक्रोशको भएको भन्दै धेरैले सहमति जनाएका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र तथा स्वकीय सचिव प्रकाश दाहालले झाँक्रीको उक्त अभिव्यक्तिप्रति असहति जनाउँदै प्रतिवाद गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.