के कारणले हुन्छ उच्च रक्तचाप ?

डा. भारत राउत

उच्च रक्तचापको साझा कारण तनाव(स्ट्रेस), रक्सी तथा चुरोट सेवन, खानपान र शारीरिक निस्क्रियता हो । दश प्रतिशतलाई औषधिको प्रयोगका कारण पनि उच्च रक्तचाप हुनसक्छ । जस्तो महिलाले प्रयोग गर्ने परिवार नियोजनको हर्मोनयुक्त साधन । अर्को कारण सुत्दा घुर्ने बिरामीलाई पनि उच्च रक्तचाप हुन सक्छ । यो ५ देखि १० प्रतिशतमा हुन सक्छ । यसैगरी अर्को कारण वंशाणुगत पनि हुनसक्छ । बिरामीहरु भन्छन्, ‘मलाई केही भएको छैन, कसरी उच्च रक्तचापको जोखिम भयो ।’ त्यस्तो सोचाई पालेर हुन्न । हरेक छ/छ महिनामा रक्तचाप नाप्नुपर्छ ।
उच्च रक्तचाप हुनै नदिन चार वटा उपायको ‘मेड’ मन्त्र छ । पहिलो एम : मेन्टल रिल्याक्सेसन (मानसिक तनाव कम गर्ने), दोस्रो ए : एभ्वाइड टोबाको (चुरोट तथा सुर्ती सेवन नगर्ने वा छाड्ने) तेस्रो डी : डाइट कन्ट्रोल (खानपिनमा सुधार र रक्सी नखाने) चौथो इ : एक्सरसाइज (नियमित शारीरिक व्यायाम गर्ने) । यी चार वटालाई मन्त्र बनाएर अपनाउँने हो भने उच्च रक्तचाप रोकथाम र नियन्त्रण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.