५ नम्बर प्रदेश टुक्र्याएको विरोधमा विभिन्न जिल्लामा प्रदर्शन, चक्काजाम र बन्द
मंसिर १५, २०७३- सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता गराएको संशोधन विधेयक दर्ता विरुद्ध विभिन्न जिल्लामा प्रदर्शन, चक्काजाम, बन्द लगायतका विरोधका गतिविधि हुन थालेका छन् बुधबार बिहानदेखि अर्घाखाँची, बुटवलमा विरोध प्रदर्शन भएका छन् भने गुल्मीमा गुल्मी बन्दको घोषणा गरिएको छ ।
यसैगरी पाल्पामा दिउँसो १ बजेदेखि बजार बन्द र विरोध प्रदर्शनको कार्यक्रमको आयोजना गरिएको छ । स्थानीयवासी र विभिन्न राजनीतिक दलले १८ गते पाल्पा बन्दको घोषणा गरेका छन् ।यस्तै बुधबार दाङमा एक घण्टा चक्काजाम गरिएको छ ।
नवलपरासीको विभिन्न ठाउँमा प्रदशर्न, महेन्द्र राजमार्ग अवरुद्ध
कान्तिपुर संवाददाता नवीन पौडेलका अनुसार सीमांकनको विषयलाई लिएर नवलपरासीको विभिन्न क्षेत्रमा प्रदशर्न भएको छ । जिल्लाको सुनवल, भूमही र बर्दघाटमा पूर्व-पश्चिम राजमार्ग बन्द गर्दै स्थानीयले प्रदशर्न गरेका छन् ।
प्रदेश नम्बर ५ टुक्रयाइएको विरोधमा स्थानीयले प्रदशर्न गरेका हुन् । बर्दघाट र सुनवलमा नेकपा एमालेको नेतृत्वमा प्रदर्शन र नाराबाजी गर्दै प्रदेश नम्बर ५ लाई पहिले कै अवस्थामा ल्याउनुपर्ने र सरकारले राजीनामा दिनुपर्ने नाराबाजी गरेका थिए ।
यसैगरी भूमहीमा रामनगर गाविसको २ नम्बर वडा सुनवल र बाँकी ८ वटा वडा रामग्राम नगरपालिकामा पारिएको विरोधमा स्थानीयले प्रदशर्न गरेको स्थानीय राम बहादुर क्षेत्रीले बताए ।
मधेसी समुदायको बाहुल्यता रहेको सदरमुकाम परासीमा भने प्रदशर्न भएको छैन । नवलपरासी जिल्लाको बर्दघाटदेखि पश्चिम क्षेत्र प्रदेश नम्बर ५ र पूर्व तर्फ ४ नम्बर प्रदेशमा राखिएको छ ।
यसैगरी भैरहवामा पनि ५ नम्बर प्रदेश टुक्र्याएको विषयलाई लिएर विरोध भएकोछ । मध्यान्ह १२ बजेदेखि १ बजेसम्म चक्काजाम गरेर विरोध गरिएको छ ।
सीमांकन हेरफेर विरुद्ध प्यूठान बन्द
कान्तिपुर संवाददाता गिरुप्रसाद भण्डारीका अनुसार सरकारले मंगलबार साँझ संविधान संशोधन मार्फत प्युठानलाई पाँच नम्बर प्रदेशबाट अलग गराएको विरुद्धमा आजै बिहानैदेखि प्युठान बन्दको आव्हान गरिएको छ । संघर्ष समिति गठन गरि एकहप्ताअघिदेखि आन्दोलनमा उत्रिएका प्युठानीले सरकारले संसद् सचिवालयमा संशोधन विधेयक दर्ता मार्फत सीमांकन हेरफेर गरेपछि ४ नम्वर प्रदेशमा नजाने भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
बिहानैदेखि सदरमुकाम खलंगासहित बाग्दुला, विजुवार, जुम्रिबजार र विभिन्न बजार इलाकाहरुमा स्थानीयहरु स्वस्फूर्तरुपमा सडमा निस्किएर आन्दोलनमा सहभागी भएका छन् । बन्दकर्ताहरुले चोकचोकमा टायर बाली पाँच नम्बरबाट आफूहरुलाई नटुक्र्याउन माग राखेका छन् ।
बन्दले जिल्लाको जनजीवन अस्तव्यस्त छ । बिहानी सत्रमा सञ्चालन हुने क्याम्पस, विद्यालय खुलेनन् । जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन पूर्ण रुपमा ठप्प छन् । आन्दोलनमा युवा, विद्यार्थी, व्यवसायी र नागरिक समाजका अगुवाहरु सडकमा उत्रिएका छन् ।
संयूक्त संघर्ष समितिको बिहान बसेको बैठकले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । पूर्वपश्चिम राजमार्ग ठप्प पार्ने सहितका कार्यक्रम गर्ने निर्णय भएको संयोजक एवं पूर्वसांसद् मुक्ती प्रसाद शर्माले जानकारी दिए ।
भोली रोल्पाको चर्तुभूजमा हुने दुवै जिल्लाको विरोधसभालाई सफल बनाउनका लागि सम्पूर्ण उद्योगी, व्यवसायी लगाएत नागरिक समाजलाई सहभागीता हुन समितिले आग्रह गरेको छ । माग पुरा नभए आन्दोलनलाई कडाइका साथ लैजाने एमालेका जिल्ला अध्यक्ष तुल्सीराम शर्माले बताए ।
प्रस्ताव दर्ताको विरोधमा गुल्मी अनिश्चितकालिन बन्द
कान्तिपुर संवाददाता घनश्याम गौतमका अनुसार सरकारले ५ नं. प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता गराएको संशोधन विधेयक दर्ता विरुद्ध गुल्मी जिल्लाका सबै राजनीतिक दलले अनिश्चितकालिन गुल्मी बन्दको आह्वान गरेका छन् ।
गुल्मी उद्योग वाणिज्य संघको पहलमा तम्घासमा भएको भेलाबाट नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र सहितका जिल्लामा क्रियाशील सबै राजनीतिक दल, गैरसरकारी संस्था, पत्रकार महासंघ, नागरिक समाज सहितको भेलाले जिल्ला अनिश्चितकालीन बन्दको निर्णय गरेको हो । दर्ता विरुद्ध राजनीतिक दल, भातृ संगठन सहित संघसंस्थाले बिहानैदेखि प्रदर्शन समेत सुरु गरेका छन् ।
राजनीतिक दलको अगुवाईमा बजारमा निस्केको प्रदर्शनमा हजारौं सर्वसाधरण स्वतस्फूर्त सहभागी भएका छन् । राजनीतिक दलको निर्णयपछि बजार, कलकारखाना, उद्योग, व्यवसाय सबै ठप्प भएको छ ।
दिउँसो १ बजेदेखि विद्यालय पनि बन्द गर्ने निर्णय भएको नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए। त्यस्तै प्रस्तावको विरोधमा गुल्मी जिल्लाका बलेटक्सार, शान्तिपुर लगायतका बजारहरुमा पनि बिहानैदेखि बन्द र प्रदर्शन भइरहेको छ ।
१८ गते पाल्पा बन्द
यसैगरी पाल्पा संवाददाता माधव अर्यालका अनुसार पाल्पामा नेकपा माओवादी केन्द्रबाहेकका दल र उद्योग वाणिज्यसंघको सहभागीतामा संशोधन विधेयक दर्ता विरुद्ध आन्दोलन अघि बढाइने बताएका छन् ।
सरकारले मंगलबार बेलुका संविधान संशोधनका लागि संसद सचिवालयमा दर्ता गरेको मस्यौदामा प्रदेश नम्बर ५ लाई विभाजन गरी पाल्पा, गुल्मी, अर्घाखााची, प्युठान, रोल्पा र रुकुमलाई प्रदेश नं ४ मा राख्न प्रस्ताव गरेको सीमाकंन हेरफेरप्रति पाल्पाका सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
संयुक्त बैठक बसेर सीमांकन हेरफेरको प्रस्ताव हिमाल, पहाड र तराइलाई अलग गराउने सुनियोजित योजना बमोजिम भएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । पाल्पाली जनताको हित विपरित आएको प्रदेश नं. ५ विभाजित गर्ने प्रस्तावको विरोधमा बुधबार बिहान बसेको नेकपा माओवादी केन्द्रबाहेक अन्य क्रियाशील दल, उद्योग वाणिज्य संघ लगायत सर्वदलीय सर्वपक्षीय बैठकले सशक्त दबाबमूलक आन्दोलनका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो ।
दलहरुले सम्पूर्ण पाल्पाली जनसमुदायलाई आन्दोलनका कार्यक्रममा सक्रिय सहभागी हुन आव्हानसमेत गरेका छन् । दलहरुले तानसेन बजार बन्द, विरोध प्रदर्शन, बृहत भेला तथा अन्तर्क्रिया, प्रदेशस्तरीय सभा, पाल्पा बन्द घोषणा गरेका छन् । बुधबार दिउँसो १ बजेदेखि बृहत प्रदर्शन हुनेछ भने तानसेन बजार बन्द गर्न आव्हान गरिएको छ । बिहीबार तानसेन नगरपालिका ठूलो हलमा बृहत अन्तर्क्रिया कार्यक्रम राखिएको छ । १७ गते बिहीबार प्रदेशस्तरीय बृहत सभा बुटवलमा हुने र त्यही सहभागी हुने निर्णय गरेका छन् ।
मंसिर १८ गते पाल्पा बन्दको कार्यक्रम घोषणा गरेका छन् । कांग्रेस सभापति बीरबहादुर राना, एमाले अध्यक्ष नारायण आचार्य, राप्रपा अध्यक्ष डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लाम, नेकपा मालेका अध्यक्ष धनराज पौडेल, अखण्ड नेपालका ध्रुव नेपाल, उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले आन्दोलनको कार्यक्रममा हस्ताक्षर गरेका छन् ।
प्रमुख विपक्षी एमाले यसअघि नै आन्दोनमा होमिएको थियो । सत्तारुढ दल कांग्रेसका पाल्पा सभापति वीरबहादुर रानाले संविधान संशोधनमा सीमांकनका विषयमा विरोध गर्न आफू तयार भएको बताए । कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद हरिप्रसाद नेपालसमेत आन्दोलनमा होमिनुको विकल्प नभएको भन्दै दलहरुलाई आन्दोलनमा जान आग्रह गर्नुभयो । दलहरुले निर्णायक आन्दोलन गर्ने र प्रदेशलाई टुक्राउन नदिने बताएका छन् ।
प्रमुख विपक्षी एमाले यसअघि नै आन्दोनमा होमिएको थियो । सत्तारुढ दल कांग्रेसका पाल्पा सभापति वीरबहादुर रानाले संविधान संशोधनमा सीमांकनका विषयमा विरोध गर्न आफू तयार भएको बताए । कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद हरिप्रसाद नेपालसमेत आन्दोलनमा होमिनुको विकल्प नभएको भन्दै दलहरुलाई आन्दोलनमा जान आग्रह गर्नुभयो । दलहरुले निर्णायक आन्दोलन गर्ने र प्रदेशलाई टुक्राउन नदिने बताएका छन् ।
सीमांकनका विषयमा सरकारले गलत निर्णय गरेको बताउदै दलहरुले तत्काल फिर्ता लिएर जनताको पक्षमा सरकार उभिनुपर्ने उनीहरुले बताएका छन् । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले निजी क्षेत्र तराई र पहाड अलग्याउन नहुने राय दिने बताउदै आन्दोलनमा पूर्ण समर्थन हुने बताए ।
५ नम्बर प्रदेश टुक्र्याउने गरी संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध बुटवलमा विरोध प्रदर्शन भएको छ ।
अनेरास्ववियुको अगुवाइमा विद्यार्थी संगठन तथा सर्वसाधारणहरुले बिहानैदेखि बुटवलमा यातायात ठप्प पारेका छन्।
अनेरास्ववियुको अगुवाइमा विद्यार्थी संगठन तथा सर्वसाधारणहरुले बिहानैदेखि बुटवलमा यातायात ठप्प पारेका छन्।
संविधान संशोधन विधेयक दर्ता विरुद्ध बुटवलमा विरोध प्रदर्शन, यातायात ठप्प
बुटवलस्थित संवाददाता अमृता अनमोलका अनुसार केन्द्रमा सीमांकन संशोधनमा सहमत देखिएका दलका कार्यकर्तासमेत प्रदेशमा विरोधमा उत्रिएका छन् । चक्काजामका कारण पूर्व-पश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प छन् ।
सडकमा नाराजुलुस सहित टायर बालिएका छन् । स्वतस्फूर्त सडकमा उत्रिएका युवाले प्रदर्शनमा पाँच नम्बर प्रदेश टुक्र्याउन पाइँदैन, संविधान संशोधन चाहिँदैन , हिमाल-पहाड-तराई कोही छैन पराइ लगायतका नारा लगाएका छन् ।
प्रदर्शनकारीले ५ नम्बर प्रदेशका पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान र ६ नम्बर प्रदेशका रुकुम, दैलेख, सल्यानलाई जोडेर आठौं प्रदेश बनाउने प्रताव अविलम्ब फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
५ नम्बर प्रदेश भूगोलका हिसावले पहाड र तराई मिलेर र प्राकृतिक स्रोत साधन, संस्कृति र सापिप्यता समेटिएकाले दलहरुले हिमाल,पहाड र तराईलाई अलग गरेर प्रदेश सीमांकन गरे देश नै टुक्र्याउन सक्ने उनीहरुको चेतावनी छ ।
बुटवलसँगै ५ नम्बर क्षेत्रका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा समेत आज बिहानैदेखि विरोध प्रदर्शन भएको छ।
बिहानैदेखि अर्घाखाँची अनिश्चितकालका लागि बन्द
संवाददाता वीरेन्द्र केसीका अनुसार ५ नम्बर प्रदेश टुक्राएर सरकारले संविधान संशोधन प्रस्ताव विधेयक संसदमा दर्ता गरेको विरोधमा बुधबार बिहानैदेखि अर्घाखाँची अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्लास्थित कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायतका राजनीतिक दलको समर्थनमा उद्योग वाणिज्य संघले बन्द गरेको हो ।
बिहानैदेखि छोटो तथा लामो दुरीमा चल्ने गाडी ठप्प छन । पसल, उद्योग, कलकारखना, स्कुल क्याम्पस सबै बन्द भएका छन् । संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जनताको भावना विपरित सरकारले ५ नम्बर प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी र पाल्पालाई ४ नम्बर प्रदेशमा राखेकाले प्रस्ताव फिर्ता नलिएसम्म बन्द जारी रहने बताए ।
‘अहिले अर्घाखाँची पुरै ठप्प छ,’ उनले भने, ‘प्रस्तावमा पहाड र तराईका जिल्ला छुट्याउने प्रस्ताव फिर्ता हुनुपर्छ । यो जनताको मर्म र भावना विपरित छ । यसले हित गर्दैन ।’
बिहानैदेखि व्यापारी, राजनीतिक दलका नेता र सर्वसाधारण सडकमा उत्रिए विरोध प्रदर्शन गरेका छन् ।
बिहानैदेखि व्यापारी, राजनीतिक दलका नेता र सर्वसाधारण सडकमा उत्रिए विरोध प्रदर्शन गरेका छन् ।
बलिनाद दिन तयार छौं : नेताहरु
प्रदेश नटुक्र्याउन भन्ने सल्लाह दिँदादिँदै सरकारले जनताको विरुद्धमा ५ नम्बर प्रदेश टुक्राएर विधेयक प्रस्ताव दर्ता गरेकोमा अर्घाखाँचीका सबै राजनीतिक दल विरोधमा उत्रिएका छन् ।
प्रदेश नटुक्र्याउन भन्ने सल्लाह दिँदादिँदै सरकारले जनताको विरुद्धमा ५ नम्बर प्रदेश टुक्राएर विधेयक प्रस्ताव दर्ता गरेकोमा अर्घाखाँचीका सबै राजनीतिक दल विरोधमा उत्रिएका छन् ।
‘नियोजित तरिकाले टुक्राइएको छ,’ एमाले अध्यक्ष चेतनारायण आचार्यले टेलिफोनमा भने, ‘सरकारले तत्काल फिर्ता लिनुपर्छ । आन्दोलन अब सुरु भयो । फिर्ता नलिएसम्म विरोध जारी रहन्छ । म बलिदान दिन पनि तयार छु । तर, टुक्रिन दिन्नँ । गाउँबाट जनता सडकमा उतार्छौं । आन्दोलनको आँधिबेहेरी ल्याउँछौ ।’
सरकारले जनताको विरुद्धमा गरेको निर्णय उल्टाउने उनले बताए । प्रदेश नम्बर ५ मा मात्रै होइन अब देशभरी आन्दोलन हुने र सडक र सदनबाट प्रस्ताव पास हुन नदिने भन्ने केन्द्रीय नेताहरुसँग कुरा भएकाले आन्दोलन कसरी गर्ने भन्नेबारेमा तयारी र छलफल भइरहेको उनले बताए ।
सत्तारुढ दल कांग्रेसका अर्घाखाँची सभापति विष्णु मुस्कानले पनि प्रस्ताव दर्ताको विरोध गरे । ‘आजबाट आन्दोलन सुरु भयो,’ उनले भने, ‘सन्धिखर्कमा सबै दलबीच बैठक बस्दैछौं । छलफल गरेर निर्णायक आन्दोलनका कार्यक्रम सार्वजनिक गछौं ।’ सरकारले गलत निर्णय गरेको उनले बताए । तत्काल फिर्ता लिएर जनताको पक्षमा सरकार उभिनुपर्ने उनको भनाई छ । फिर्ता नलिएसम्म आन्दोलन नरोकिने उनले बताए ।
मओवादी केन्द्रका अर्घाखाँची इन्चार्ज एवं केन्द्रीय सदस्य चन्द्रबहादुर खडका ‘उज्ज्वल’ ले मंगलबार भएको पोलिटब्युरो बैठकमा आफूले ५ नम्बर प्रदेश टुक्र्याउन नहुने मत राखेको बताए ।
‘लुम्बिनीका पहाडी जिल्ला टुक्र्याउनु बेठीक हो,’ उनले भने, ‘पाटी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको निर्णयमा पार्टी विरोधमा जाने कुरा भएन । तर, यो निर्णयले राम्रो गर्दैन ।’ जनताको असन्तुष्टीले आन्दोलन भएको छ । सरकारले फिर्ता लिनु उचित हुने उनले बताए ।
विरोधमा चक्काजाम
संवाददाता दुर्गालाल केसीका अनुसार प्रदेश नं. ५ विभाजन गर्न थालेको विरोधमा बुधबार दाङमा एक घण्टा चक्काजाम भएको छ । एमालेनिकट युवा संघको आयोजना बिहान १० देखि ११ बजेसम्म भएको चक्काजामबाट यातायात सेवा प्रभावित भयो ।
संवाददाता दुर्गालाल केसीका अनुसार प्रदेश नं. ५ विभाजन गर्न थालेको विरोधमा बुधबार दाङमा एक घण्टा चक्काजाम भएको छ । एमालेनिकट युवा संघको आयोजना बिहान १० देखि ११ बजेसम्म भएको चक्काजामबाट यातायात सेवा प्रभावित भयो ।
सडकका चोकचोकमा बसेका युवा संघका नेता कार्यकर्ताहरुले ‘खबरदार, काटछाँट नगर, अखण्ड प्रदेश नं. ५’ लेखेका व्यानर बोकेका थिए । उनीहरुले प्रदेशबाट पहाडी जिल्ला टुक्राउने षड्यन्त्र अमान्य हुने बताए । तराईको मात्र प्रदेश बनाउन नहुने माग गर्दै युवा संघले आन्दोलन जारी राख्ने जनाएको छ । ekantipur bata

0 comments
Write Down Your Responses