नेपाली कामदार तत्काल साउदी नपठाउन साउदीमा कार्यरत नेपाली कामदारहरुको सुझाव

काठमाडौं, ३० कात्तिक(साउदी अरवको रोजगारीमा समस्या देखिएको भन्दै तत्काल नेपाली कामदार नपठाउन त्यहाँ कार्यरतले सुझाव दिएका छन् । अहिले देखिएको समस्या समाधान नभएसम्म नेपालबाट जानै स्वीकृति दिन नहुने बताइएको हो ।

नेपाली साझा मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा साउदी अरबको रोजगारीमा देखिएको समस्या र समाधानका विषयमा छलफल भएको छ । केहि समय अघिदेखि तेलको मुल्यमा आएको गिरावटका कारण साउदीका कम्पनी धरापमा परेको भन्दै त्यसबाट नेपाली प्रभावित भएको बताएका छन् ।

 मञ्चका अन्तराष्ट्रिय अभियन्ताहरुले प्रभावित नेपालीको उद्दारमा वैदेशिक रोजगार कल्याणकारी कोषबाट सहयोग नभएको भन्दै आपत्ति जनाएका छन् । सरकारले समेत प्रभावकारी काम गर्नु पर्ने उनीहको सुझाव छ । अभियन्ता महेश श्रेष्ठले साउदी अरबमा देखिएको समस्या र समाधान विषयक कार्यपत्र पेश गरेका थिए ।

श्रेष्ठले साउदी अरबमा नेपाली कामदारहरुले भोग्नु परेको समस्या समाधानका लागि पूर्वस्वीकृति दिने अधिकार राजदुतावासलाई मात्रै दिनु पर्ने, वैदेशिक रोजगार कल्याणकारी कोष ऐनमा उल्लेख भएको प्रावधान अनुसार परिचालन गर्नु पर्ने सुझाव दिए ।

करार बमोजिमको सुविधा नपाएर अलपत्र परेका कामदार इजाजतपत्रवालाले स्वदेश फिर्ता गराउन पहल नगरेको गुनासो गरे ।  वैदेशिक रोजगार विभागको श्रम ग्रामका प्रमुख कृष्णप्रसाद दवाडीले साउदी अरबमा श्रम स्वीकृतिमा कडाई गर्न थालेको जानकारी गराए।

वैदेशिक रोजगार व्यवसायी संघका साउदी अरब संयोजक इश्वर जिसीले कामदार अलपत्र पार्ने झुक्काउनेलाई कार्वाही गर्न संघ प्रतिबद्ध रहेको बताउदै एजेन्टको कुरामा विश्वास नगर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.