सरकार गुण्डागर्दीमा उत्रियो, माफी नमागेसम्म वार्तामा बसिन्न : डा. केसी


काठमाडौं–१४ दिनदेखि अनसनरत डा. गोविन्द केसीले सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने चेतावनी दिएका छन्। शनिबार त्रिवि उपकुलपति तीर्थ खनियाँको राजीनामा माग गर्दै खनियाँ निवास घेर्न पुगेका केसी समर्थित ३१ जनालाई पक्राउ गरेपछि आक्रोशित भएका केसीले सरकारले माफी नमागेसम्म वार्ता नगर्ने चेतावनी दिएका हुन्।
‘शान्तिपूर्ण आन्दोलनमा सरकारले गुण्डागर्दी शैलीमा उत्रियो,’ डा. केसीले नागरिकन्युजसँग भने,‘ यस्तो गुण्डागर्दी चल्दैन, अब सरकारले माफी नमागेसम्म वार्ताको औचित्य छैन।’
शनिबार नै सरकारले केसीका मागका विषयमा वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो। टोलीले शनिबार नै डा. केसीलाई भेटी उनका मागका विषयमा चासो व्यक्त गरेको थियो। सो भेटमा केसीले आफ्नो स्वास्थ्यका कारण वार्तामा बस्न नसक्ने भन्दै प्रतिनिधिहरुसँग वार्ता गर्न सरकारी टोलीलाई आग्रह गरेका थिए। तर सरकारले केसी समर्थित ३१ जनालाई पक्राउ गरी कालिमाटी बृत्तमा राखेपछि उनीहरुको रिहाइसँगै सरकारले माफी नमागेसम्म वार्ता नगर्ने केसीले चेतावनी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.