सुत्ने समयमा ब्रा खोलेर सुत्नुहोस्; यस्ता छन ब्रा खोलेर सुत्नुका महत्वपुर्ण फाईदाहरु.



 साधारणतया युवती तथा महीलाहरु भित्री बस्त्रहरु नखोलीनै सुत्ने गर्दछन । तर कसीलो ब्रा खोलेर सुत्ने गर्दामात्र पनि स्वास्थ्यको दृष्टिकोणबाट धेरै फाईदाहुने जानकारहरु तथा डक्टरहरु बताउछन । आज हामी ब्रा खोलेर सुत्दा हुने फाईदाको बारेमा चर्चा गर्नेछौं ।

रक्तसञ्चार कम गर्छ
सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चारमा कमी आउँछ। अझ टाइट ब्रा लगाएर सुत्ने गर्नुभयो भने यसले रक्तसञ्चारलाई अझ नियन्त्रित गर्छ, जुन दीर्घकालीन स्वास्थ्यका लागि राम्रो मानिँदैन।

रातो दाग बस्छ
ब्रा लगाएर सुत्ने गर्नाले ब्राको इलास्टिक लाग्ने ठाउँको छाला रातो हुन्छ। गर्भवती अथवा स्तनपान गराउने महिलाले भने खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ।

राम्रो निद्रा लाग्दैन
शरीर पूरै ’रिल्याक्स्ड’ भयो भने मात्र गहिरोसँग निदाउन सक्छ। यसका लागि शरीरले खुकुलो महसुस गर्नुपर्छ, ताकि श्वासप्रश्वास र रक्तसञ्चार दुवै निर्वाध रूपमा सञ्चालन होस्। टाइट ब्रा लगाएर सुतेमा मीठो निद्रा पर्दैन। राम्रोसँग निदाउन चाहनेले भरिसक्के सुत्दा ब्रा फुकाल्ने अथवा लगाएमा पनि कटनको लगाउने गर्नुपर्छ। पोलिस्टरको ब्रा सकेसम्म लगाउनु हुँदैन।

थकान महसुस हुन्छ
सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुन्छ। यसो हुँदा शरीरका कोषहरूमा पर्याप्त मात्रामा अक्सिजन र न्युटि्रएन्ट्स पुग्न पाउँदैन, जसले गर्दा शरीर गल्न पुग्छ।

सुनिन सक्छ
टाइट ब्रा लगाएर सुत्नाले स्तन सुनिने अथवा स्तनमा पानी जम्नेजस्ता गम्भीर समस्यासमेत उत्पन्न हुन सक्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन्।

पसिना आउँछ
गर्मीमा टाइट ब्रा लगाएर सुत्ने युवतीको शरीरमा पसिना बढी आउँछ। त्यही भएर गर्मीमा ब्रा लगाएर सुत्नैपर्दा पनि खुकुलो कटनको ब्रा लगाउनुपर्छ।

क्यान्सर हुन सक्छ
टाइट ब्रा लगाएर सुत्दाखेरि हुने सबैभन्दा खराब नतिजा भनेको क्यान्सर हो। टाइट ब्रा लगाएर सुत्ने युवतीलाई स्तनको क्यान्सर हुने जोखिम बढी हुने गरेको विभिन्न अनुसन्धानले देखाइसकेका छन्। किनकि, टाइट ब्राले छातीको भागमा रक्तसञ्चारलाई अवरुद्ध गर्छ, जसले गर्दा व्यक्ति क्यान्सरजस्तो रोगको शिकार हुने जोखिम बढ्छ। वर्षौंसम्म टाइट ब्रा लगाएर सुत्ने युवतीको स्तनमा गाँठा देखापर्ने सम्भावना पनि बढी हुन्छ।  - एजेन्सी

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.