'सुजातालाई ५० लाख" भन्ने सुनेपछि राजेश हमालको पारो चढ्यो फिल्मी शैलीको डाइलग सहित फेसबुकमा लेखे स्ट्याटस!

महानायक राजेश हमालले सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख दिने निर्णय गरेको विषयमा ब्यङ्ग्यात्मक प्रतिक्रिया जनाएका छन् ।

पछिल्लो समयमा राजनीतिक र जल्दा बल्दा विषयमा टिप्पणी लेख्न नचुक्ने हमालले सुजाता प्रकरणप्रति पनि सामाजिक सञ्जाल फेसबुकमार्फत ब्यङ्ग्य गरेका हुन् ।उनले फेसबुकमा लेखेका छन्, “के मैले सही सुने ? कि यो वर्तमान सरकारले सबै स्तन क्यान्सरका पीडितहरुलाई रु ५० लाख उपलब्ध गराउँदैछ ? आहा ! अव हामीले अन्य शुभ समाचार सुन्नेछौं शिक्षा र त्यसपछि रोजगारीको क्षेत्रमा, सायद ? … कि मैले गलत सुने हँ ? कृपया सच्चाइदिनुस् !“


भारतीय राष्ट्रपतिको नेपाल भ्रमणपछि अवरुद्ध भएका सडक र काठमाडौंमा लगाइएको ‘सफ्ट कू’लाई लिएर पनि राजेश हमालले सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका थिए ।

स्वास्थ्य उपचार नपाएर गरिब नागरिकहरुले ज्यान गुमाइरहेको बेला सरकारले नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाई ५० लाख रुपैयाँ उपचार दिने निर्णय भएपछि यसको ब्यापक विरोध भैरहेको छ । उता कांग्रेस नेतृ सुजाता कोइरालाको स्तनमा देखिएको क्यान्सरको उपचारको लागि उनले पैसा नै नमागी सरकारले ५० लाख दिएको दावी उनकै सचिवालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.