एजेन्सी । पाकिस्तानी सेनाको आक्रमणमा कम्तिमा ३ भारतीय सैनिक मारिएका छन् । भारत र पाकिस्तानबीचको सीमा रेखा लाइन अफ कन्ट्रोलमा भारतीय सैनिक मारिएको सञ्चार माध्यमले जनाएका छन् ।जम्मु तथा कश्मिरको मच्छल सेक्टरमा भएको उक्त आक्रमणमा भारतीय सैनिक मारिएपछि भारतले जवाफ दिने तयारी गरिरहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
मृत फेला परेका भारतीय सेना यातना दिएर काटिएको अवस्थामा फालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय सेनाले यसको बदला लिइने भन्दै पाकिस्तानलाई कडा चेतावनी दिएको छ ।


0 comments
Write Down Your Responses