घरमा मुसा र कमिलाले सताएको छ? यसो गर्नुहोस्..

घरको भुइँतल्लामा कोठा भएकाहरूको सबैभन्दा ठूलो समस्या, किराना पसल राख्नेहरूको सबैभन्दा ठूलो समस्या भनेकै मुसाले सताउनु हो। गोदाममा चामलको बोरा सबै छियाछिया पारेर काट्ने मुसा, अनि चिनीभन्दा धेरै भएर बस्ने कमिला, यसबाट छुट्कारा पाउनु भनेको असाध्यै गाह्रो हुन्छ।

मुसाको विष राख्दा पनि उल्टो आफ्नै खानेकुरामा पर्ला कि भन्ने डर। त्यसैले सबैको घरमा सताउने मुसा र कमिलालाई हटाउन यसो गर्न सकिन्छ–

यदि मुसा र छुचुन्द्रोले सताएको छ भने, जुन ठाउँमा धेरै मुसा हिँड्छ अनि जुन ठाउँमा मुसा आउँछ, त्यहाँ कालो मरिच लगेर छरिदिनुहोस्। मुसालाई मरिचको पिरो मन पर्दैन।

चिनीको भाँडोमा कमिला लागेको छ भने, त्यस भाँडोमा २/३ वटा ल्वाङ्ग राखिदिनुहोस्। त्यो भन्दा बाहिर कमिला लागेको छ भने, त्यहाँ काँक्रोको छिल्का राखिदिनुहोस्। कमिला बस्ने ठाउँ वा प्वालहरूमा काँक्रोको बोक्रा लगेर राखिदिनुहोस्, किनभने कमिलालाई काँक्रो मन पर्दैन।
लुगामा मसीको दाग लागेको छ?

त्यसो भए, दाग लागेको ठाउँमा हलुका पानीले भिजाएर त्यहाँ दन्तमञ्जन दल्नुहोस् र एकछिन सुक्न दिनुहोस्। पूर्णरूपले सुकेपछि त्यसलाई धुनुहोस्, मसिको दाग जानेछ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.