ओलीको कडा चेतावनी अमूर्त माग पूरा हुन दिन्न, चाहे जीवन बलिदानी दिन परोस् : ओली

पोखरा- प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओलीले अमूर्त माग पूरा गर्नका लागि संविधान संशोधन हुन नसक्ने बताएका छन्। कसका वा कसैका लागि भनेर संविधान संशोधन हुन नसक्ने उनले बताए। तनहुँको भिमादमा सुरु भएको महोत्सवको उद्घाटन गर्न जाने क्रममा शुक्रबार पोखरा विमानस्थलमा पत्रकारसँग ओलीले देश र जनताको हक अधिकारका लागि संविधान संशोधन गर्न सकिने भए पनि अमूर्त माग पूरा गर्नका लागि गर्न नसकिने बताए।
'संविधान संशोधनका लागि संशोधन वा अमूर्त मागका लागि फेरबदल हुन सक्दैन। कसका वा कसैका लागि पनि संशोधन हुँदैन,' उनले भने, 'संविधान संशोधन नै हुन नसक्ने होइन, तर जनताको पक्षमा हुनसक्छ।' संक्रमणकाल टुंग्याउन आएको अहिलेको सरकारले अरु गतिविधि गर्न नपाउने उनले बताए।
'निर्वाचन कानुनको कामका सरकारी ध्यान छैन। निर्वाचनसम्बन्धि काम नगरेर संविधान संशोधन गर्नमा ध्यान दिने होइन,' उनले भने, 'अहिलेको सरकारको काम संविधान संशोधन भन्दा कार्यन्वयन गर्ने हो। कार्यन्वयनको क्रममा केही व्यवधान आए भने संशोधन गर्न सकिन्छ।'
सरकारले निर्वाचनको तयारी त परैको कुरा चर्चासमेत नगरेको उनले बताए। 'मुलुकलाई जोगाउने हो भने निर्वाचन जरुरी छ। तर, सरकारले निर्वाचनको चर्चासमेत गर्दैन,' उनले भने, 'सरकार काम गर्नेभन्दा अल्झाउनेमा व्यस्त छ। विवाद टुंग्ग्याउनेमा ध्यानै छैन।' निर्वाचन गर्नका लागि संविधानको कुनै पनि धाराले नरोकेको उनले बताए।
उनले प्रदेश नम्बर ५ बाट तराई र पहाड छुट्याउनु अशोभनीय रहेको बताए। 'भित्र पुगेर हेर्ने हो भने तराई र पहाड छुट्याउनु अशोभनीय छ,' ओलीले भने, 'प्रदेश ५ बाट तराई पहाड छुट्याउनेगरी प्रधानमन्त्रीले प्रस्ताव गर्ता गरे पनि पारित हुँदैन।' प्रस्ताव दर्ता जसले जतिबेला पनि गर्न सक्छ। तर, समस्या समाधान गर्नेगरी पारित गर्नका लागि भए बेग्लै हो, नत्र दर्ता के का लागि गर्ने भन्ने हुनुपर्छ,' ओलीले भने, 'त्यसको विरोध गर्दा आवश्यक परेमा जीवन बलिदान दिनसमेत तयार छु।'

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.