नेपालमा भारु २००० को नयाँ नोटमा रोक, भारतमा चिन्ता

एजेन्सी – नेपाल राष्ट्र बैंकले नेपालमा भारु ५०० र २००० को नयाँ नोटमा रोक लगाएको छ ।


नेपाल राष्ट्र बैंकले विहीबार भारु ५०० र २०००को नयाँ नोटलाई अनाधिकृत र अवैध भन्दै नयाँ नोटलाई नेपालमा चलाउन रोक लगाएको हो  ।
नेपालमा भारु नयाँ नोट चलाउन नयाँ नोट बारे सर्कुलर जारी गर्नुपर्ने हुन्छ ।

तर नेपाल राष्ट्र बैंकले भारु नयाँ नोटको बारेमा अहिले सम्म कुनै सर्कुलर जारी गरेको छैन ।

यससँगै नेपालमा अहिले भारतीय रिजर्ब बैंकले ल्याएको कुनै पनि नयाँ नोट चलेको छैन ।

नेपाल राष्ट्र बैकको अनुमति बिना नै नेपालमा भारु नयाँ नोट चलाए त्यसलाई अवैध मानिन्छ ।

उता भारतीय रिजर्ब बैंकले पनि नेपाल राष्ट्र बैंकसँग नेपालमा कति मूल्य सम्मको नयाँ नोट चलाउने भन्ने बारेमा कुनै सोधपुछ गरेको छैन ।
सोधुपुछ गरेपछि मात्रै भारतीय केन्द्रिय बैंकले एक निश्चित सीमासम्म नयाँ नोट चलाउन अनुमति दिनेछ र त्यसपछि मात्र नेपाल राष्ट्र बैंकले नयाँ नोट बारेमा सर्कुलर जारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.