भक्तपुरमा मुटुको सफल शल्यक्रिया


भक्तपुर– भक्तपुरको दूधपाटीस्थित राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रले पहिलोपटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । वरिष्ठ मुटु चिकित्सक डा मोहनदेव भण्डारी, डा सम्पूर्णमान तुलाधर, डा प्रेमराज वैध, मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुर, एनेस्थेसियोलोजिस्ट डा सन्दिप भण्डारीलगायत चिकित्सक टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको केन्द्रले बुधबार जनाएको हो ।
केन्द्र प्रमुख डा पुकारचन्द्र श्रेष्ठले केन्द्रमा मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिए । मुटु सेवा सुरु गरेका अस्पतालमध्ये भक्तपुरमा पहिलो र नेपालका सरकारी अस्पतालमध्ये मुटुको शल्यक्रिया गर्ने चौथो अस्पताल भएको उनले जनाए । केन्द्रले बिहीबार संखुुवासभा जिल्ला चैनपुर गाविसकी ५९ वर्षीया राधादेवी श्रेष्ठको मुटुको रक्तनलीको बाइपास शल्यक्रिया सम्पन्न गरेको जनाएको छ । केन्द्रका दुई वटा शल्यक्रिया कक्षबाट मृर्गौला र मुटुको शल्यक्रिया भइरहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.