लोडसेडिङ हटाएर जनतालाई राहत दिएका कुलमानलार्इ कंग्रेस र एमालेले कार्यलय छिर्न नदिने

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारी ट्रेड युनियनहरुले कार्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् । लोडसेडिङ हटाएर जनतालाई राहत दिएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी घिसिङलाई शुक्रबार संयुक्त बिज्ञप्ति निकालेर प्राधिकरण कर्मचारी संघ र कर्मचारी युनियनले यस्तो चेतावनी दिएका हुन् ।
kulmanसंस्थाको जिम्मेवारीमा रहेका प्रमुखले कसैसंग सल्लाह नगरी एकलौटी रुपमा काम गरेको भनिएको छ’ बिज्ञप्तिमा भनिएको छ । कंग्रेस सम्बद्ध प्राधिकरण कर्मचारी संघ र एमाले सम्बद्ध कर्मचारी युनियनको संयुक्त बिज्ञप्तिमा    सहअध्यक्ष प्रमिला ढुङ्गाना र युनियनका तर्फबाट बरिष्ठ उपाध्यक्ष रामकुमार थेबेद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ‘ मिडियामा एकापक्षिय समाचार संप्रेशन गर्न लगाएको, संस्थाको वरपर विभिन्न व्यक्तिहरु जमघट गराई कार्यालय वातारवरण खलबल्याएको समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
पटक(पटक लिखित तथा मौखिक रुपमा समस्या समाधान गर्न आग्रह गर्दा पनि संस्थाका प्रमुख आफै गैह्रजिम्मेवार भएर टे्रड युनियनका अध्यक्ष तथा पदाधिकारीलाई उल्टै गिरफ्तार गराएको कर्मचारीहरुको अरोप छ ।press-release

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.