हृदयघात, ब्लडप्रेशर, कोलस्ट्रोल लगायतका समस्याहरुबाट छुटकारा पाउन केरा खानुहोस्

banner

हार्टअट्याक, ब्लडप्रेशर, कोलस्ट्रोल लगायतका समस्याहरुबाट छुटकारा पाउन केरा खानुहोस्

पाकेको केरा फलफुलहरु मध्ये बाहै्र महिना र संसारको सबै कुनामा पाइने मीठो फल हो । यो पहेंलो रङ्गको फल मननपारउनेहरु सायदै होलान । यद्धपी शरीरको आकार मोटो हुनेहरुका लागि भने यो पाकेको केरा आफ्नो नियमित खोराकमा सामेल गर्नुस भन्दा त्यती न्याय नहोला ।

शरीरलाई आवश्यक अनेकौ पोषण तत्वहरु केरामा पाइने भएकोले यो फललाई अति स्वस्थकर मानिन्छ । यो फलमा भिटामीन ए, बी, सी र ई लगायत पोटासियम, जिङ्क, आइरन तथा म्याग्नेसियमको मात्रा पाइन्छ । दैनिक एउटा केरा खानाले तपाईको शारीरिक ढाँचा आफुले चाहेको आकारमा पाउन सक्नुहुन्छ ।

पाकेको केरा खानाले शरीरमा हुने अरु फाइदाहरु

१. शक्ति प्रदान हुन्छ

प्राक्रितिक चिनिको मात्रा यसमा पाइने भएकाले खेलाडीहरु मध्यान्यमा शरीरलाई यथास्थानमा ल्याउनका लागि केरा खान्छन् । केरामा प्रशस्त मात्रामा शक्ति संचय गर्न सक्ने गुण लुकेको हुनाले सबै उमेरका मानिसका लागि बिहानको खाजामा केरा सामेल गरेमा उनीहरु दिनभरिनै तन्द्रुस्त रहन सक्छन् ।

२. केराले ब्लडप्रेसर नियन्त्रण गर्छ

अनुसन्धानले के देखाएको छ भने पोटासियमले ब्लडप्रेसरलाई नियन्त्रण राख्न मद्धत पुर्याउँछ भने क्यालसियम, पोटासियम र म्याग्नेसियमले उच्च रक्तचापलाई घटाउँछ । अनि केरामा पोटासियम, क्यालसियम, म्याग्नेसियम लगायतका गुण पाइने भएकाले यो सेवन गर्नाले उच्च रक्तचाप नियन्त्रणमा रहन्छ ।
 
३. केराले कोलोस्ट्रोल घटाउँछ

अनुसन्धान अनुसार केरामा पेक्टिन नामक रेशा लुकेको हुन्छ जसले कोलस्ट्रोलको मात्रालाई घटाउन मद्धत पुर्याउँछ । अनुसन्धानकर्ताहरुले के पनि बताएका छन् भने पेक्टिन, सिलिनियम, बेटाग्लुकोन लगायतले एचडीएल कोलस्ट्रोललाई  कुनै हानी नोक्सानी नपुर्याइकनै एलडीएल कोलस्ट्रोललाई घटाउने काम गर्छ ।

४. केराले स्नायु प्रक्रियामा सुधार ल्याउनुका साथै दिमागी शक्ति बढाउँछ

केरालाई भीटामी बी को श्रोत मानिन्छ । साथै यसमा लुकेको पोटासियमले मानिसको ज्ञान तथा शिक्षा हांसिल गर्नसक्ने क्षमताको बिकास गर्छ ।

५. केराले हार्टअट्याक हुन दिदैन

अध्ययन अनुसार केरामा पोटासियमको मात्रा अत्यधिक मात्रामा लुकेको हुनाले यसले मुटुजन्य समस्याहरु लाग्न दिदैन साथै यसले हार्टअट्याकलाई पनि परै राख्छ ।

६. केराले क्यान्सर लाग्न दिदैन

केरामा विषादीनाशक लगायत पोषणजन्य रेशा पाइनेहुनाले यसको सेवन गर्नाले आन्द्राजन्य क्यान्सर लगायत अन्य क्यान्सरहरु समेत लाग्न पाउँदैन ।

 ७. केरा खानाले हड्डी बलियो हुन्छ

शरीरलाई आवश्यक पर्ने क्यालसियम केरामा लुकेको प्रोबायोटिक ब्याकटेरियाले सहजै उत्पादन गर्नसक्छ । तसर्थ दैनिक रुपमा एउटामात्र केरा सेवन गरे पनि हड्डी बलियो हुन्छ ।
 
८. पाचन क्षमता बलियो बनाउँछ

केरामा एक प्रकारको इनजाइम पाइन्छ जसले शरीमा पोषणको काम गर्छ । अनि यो इन्जाइमले पाचन प्रक्रियालाई सहज बनाउनुका साथै अनावश्यक ब्याकटेरियाको आक्रमणबाट शरीरलाई जोगाउँछ ।

९. अल्सर हुन दिदैन

पेटमा जम्मा हुनसक्ने एसिडका बिरुद्ध केरामा लुकेको गुणले एक प्रकारको पर्खाल खडा गरिदिन्छ जसका कारण एसिड जम्मा हुनपाउँदैन । केरामा आबद्ध प्रोटिनजन्य प्रोटिइज नाम गरेको तत्वले पेटमा अल्सर निमत्याउन सक्ने ब्याकटेरियाका बिरुद्ध काम गर्छ ।

१०. पेट दुखेको, आउँ परेको तथा पखाला नियन्त्रण गर्छ

हुनत काँचो केरा हामी मध्ये कतिपयलाई मन नपर्नसक्छ । तर काँचो केरा पखाला लागेका बिरामीलाई खुवाएमा बेथा निको हुन्छ । यसले शरीरलाई आवश्यक पर्ने तरल पदार्थलाई नियमित बनाउन ठूलो भूमिका खेल्छ ।

११. कब्जियतबाट छुटकारा दिलाउँछ

केरामा उपलब्ध पेक्टिन भन्ने तत्वले कब्जियतबाट छुटकारा दिलाउनुका साथै दिसा सफा गर्छ ।

१२. पाइल्स रोगबाट छुटकारा मिल्छ

केरा खानाले दिसा सफा हुने भएकाले पाइल्स रोग बिस्तारै हराउँदै जान्छ ।

१३. मुटु पोल्ने बेथामा आराम मिल्छ

केरामा एसिडिटीलाई निमूर्ल पार्न सक्ने गुण लुकेको हुन्छ जुन मुटु पोल्ने बेथामा सहजै आराम दायी साबित हुन्छ ।

१४. एलर्जीबाट बचाउँछ

केरामा आबद्ध एक सौम्य अमिनो एसिडले एलर्जी बिरुद्ध लड्ने काम गर्छ ।

१५. चुरोटको तलतललाई मार्छ

भिटामीन बी ६ र बी १२ लगायत म्याग्नेसियम तथा पोटासियम उपलब्ध हुनेहुनाले केरा खानाले निकोटिनको तलतलबाट छुटकारा पाइन्छ ।

१६. थकान तथा ह्याङओभर हराएर जान्छ

केरा, मह र दहीको मीश्रणलाई घोलेर तथा ग्राइन्डरमा पिनेर सेवन गर्नाले थकान तथा ह्याङ्ओभरबाट छुटकारा पाइन्छ ।

१७. शरीरको तौल बढ्छ

दुध र केराको मीलनले शरीरको तौल बढाउँछ । केराले शरीरमा प्राक्रितिक चिनि आपुर्ती गर्छ भने दुधमा प्रोटिन हुन्छ ।

१८. शरीरको तौल समेत घटाउँछ

केरामा प्रसस्त मात्रामा फाइबर, थोरै मात्रामा चिल्लो अनि यो सहजै पचाउन सकिने फल हो । १०० ग्रामकोे एउटा केरामा करिव ९० क्यालोरि हुन्छ । अनि आफ्नो डायटमा केरालाई पुर्ण रुपले बन्देज गर्नु त्यति जायज हुँदैन । एउटा केरा खानाले फाइदा मिल्छ ।

१९. निन्द्राको समस्या हराएर जान्छ

केरामा ट्राइपटोफाम नामक एमिनो एसिडको मात्रा लुकेको हुन्छ । यसले निन्द्रा जगाउने हरमोन (मेलाटोनिन) उत्पादन गर्छ । राती सुत्नुभन्दा केही घण्टा अगावै दुई वटा केरा सेवन गरेमा मस्तले निदाउन सकिन्छ भन्ने तथ्य अनुसन्धानले सबित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.