भारतको चर्को विरोध गर्ने केपी ओलीसँग भारतीय राजदूतको पहिलो भेट
काठमाडौं। आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको भन्दै चर्को विरोध गरिरहेका एमाले अध्यक्ष केपी ओली र नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिवसिंह पुरीबीच भेटवार्ता भएकाे छ।एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी भेटमा एमाले अध्यक्ष केपी ओली र प्रमुख सचेतक भानुभक्त ढकाल सहभागी छन्। एमाले अध्यक्षलाई भेट्न राजदूत पुरी १२ बजे एमाले संसदीय दलको कार्यलय प्रवेश गरेका थिए।
राजदूत पुरी शनिबार नेपाल आएका थिए भने आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका थिए। ओहोदाको प्रमाणपत्र बुझाएको भोलिपल्टदेखि राजदूत पुरी राजनीति भेटघाटमा सक्रिय भएका हुन्।
पछिल्लो समय भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै भारतको चर्को आलोचना गर्ने एमाले अध्यक्ष ओलीसँग राजदूत पुरीले पहिलो राजनीतिक भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै भारतको चर्को आलोचना गर्ने एमाले अध्यक्ष ओलीसँग राजदूत पुरीले पहिलो राजनीतिक भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
सरकारले मधेसको माग सम्बोधन गर्न भन्दै संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको एमालेले चर्को विरोध गर्दै आएको छ भने भारतले संविधान संशोधनको पक्षमा आफूलाई उभ्याएको छ। संसदमा पेश भएको संशोधन प्रस्ताव राष्ट्रहित विपरित भन्दै एमालेले त्यसलाई कुनैपनि हालतमा पारित हुन नदिने अडान लिएको छ।
भारतीय राजदूत पुरी यसअघिका राजदूत रन्जित रेका ठाउँमा आएका हुन्। रे एक महिला अघि नै आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किएका छन्। संविधान संशोधनमार्फत असन्तुष्ट पक्षका माग सम्बोधन गर्नुपर्ने पक्षमा रहेको भारत र संशोधन प्रस्ताव पारित हुन नदिने एमाले अडानबीच ओली र राजदूतको भेट भएको हो।
छलफलमा अध्यक्ष ओली र राजदूत पुरीबीच नेपाल- भारत सम्बन्धका विषयमा छलफल भएको प्रमुख सचेतक ढकालले जानकारी दिए। उनले भने राष्ट्रपतिलाइ अाेहाेदाकाे प्रमाणपत्र बुझाएपछिकाे पहिलाे सद्रभावन भेट भएकालेसँग भएकाे बताए। भेटका अवसरमा अापसी सम्बन्धलगायतका विषयमा छलफल भएकाे थियाे।

0 comments
Write Down Your Responses