अनुहारमा कोठीले सुन्दरतालाई बिगारेको छ भने यसरी घरेलु उपाएबाट नै हटाउन सकिन्छ यसरी भिडियो सहित
स्वास्थका हिसाबले शरीरमा उम्रीएको सबै कोठीहरु हानिकारक हुन्छ भन्ने होइन । तर पनि सबैलाई कोठी भने मनपर्दैन । मेलानीन भन्ने तत्व शरीरमा जम्मा भएपछि छालामा कालो, खैरो तथा छाला रंगको दाग तथा चिन्ह देखा पर्छ जसलाई कोठीको प्रतिनिधिका रुपमा बिज्ञहरुले मानेका छन् । चिकित्सकीय भाषामा कोठीहरुलाई मेलानिनको तत्व मानिन्छ जसमा पिगमेंटको मात्रा थुप्रिएको हुन्छ र यसकै कारणले छालाको रंग कालो, खैरो हुन पुग्छ ।
२०-३० वर्षको उमेर पुगेका मानिसमा कोठी देखापर्ने गर्छ । यो विभिन्न आकारमा देखापर्न सक्छ जस्तै फ्यात्त परेको, डल्लो, गाँठो, असमान, स्थिर लगायत । अनि यीनिहरुमा रौं हुनपनि सक्छ र नहुनपनि सक्छ । कोठीको मात्रा मानिसको वंशानुगत असर, हरमनमा आइरहने उतारचढाब तथा सूर्यको किरणमा भरपर्छ ।
कतिपय कोठीहरु समय बित्दै जाँदा आपसेआप हराएर जान्छ भने अर्को थरिका कोठीहरु सहजै जानमान्दैन । आज हामी सजिलो घरेलु उपायका बारेमा जानकारी गराउँदै छौं जसको सहायताले कोठी बाट छुटकारा पाउन मद्धत मिल्ने छ । तर यो बिधि अपनाउनु भन्दा पहिले कोठीको जाँच गराउन आवश्यक छ । यदि कोठीको रंग तथा आकारमा समय अनुसार परिवर्तन भैरहन्छ भने तुरुन्तै चिकित्सक सँग संपर्क गर्नुहोस् कतै यो क्यान्सरको संकेत त होइन किनकि त्यस्ता कोठीहरुको उपचार तपाईले आफै गर्न सक्नुहुन्न ।
उपचार बिधि
लशुन सहितको घरेलु उपचार कोठी सखाप पार्न अत्यन्तै भरपर्दो उपायका रुपमा लिइने गरिन्छ किनकि यसमा इन्जाइमको मात्रा लुकेको हुन्छ जसले मिगमेन्ट उत्पादन गर्ने स्रोतहरुलाई नै सखाप पार्ने काम गर्छ । लशुनको केस्रालाई सिलौटोमा पिन्नुहोस् र कोठीमाथी लशुनको लेप लगाउनुहोस् । अनि यसलाई सफा कपडा तथा प्लास्टरले ढाक्नुहोस् र करिव २-३ घण्टा सम्म छोडिदिनुहोस् । यो प्रक्रिया केही दिन सम्म अपनाउनुहोस् । कोठी झरेर जानेछ । यो घरेलु बिधि अपनाउनाले पाँचदिन भित्रमै परिणाम देखा पर्न थाल्छ । प्रत्येक दिन, प्रक्रिया अपनाउनु भन्दा पहिले अल्कोहल तथा संक्रमणनाशक वैकल्पिक उपायले कोठी वरिपरी सफागर्न नविर्सिनुहोस् ।


0 comments
Write Down Your Responses