हरियो खुर्सानी खाँदा स्वाद बढ्नुका साथै यो स्वास्थ्यका लागि पनि लाभदायक हुने गर्छ । पिरो हरियो खुर्सानी स्वास्थ्य र सुन्दरता दुवैको लागि राम्रो हुने गर्छ । यो छाला देखि लिएर शरीरको रोगका प्रतिरोधक तन्त्रलाई थप सक्रिय गर्छ । दिनहुँ हरियो खुर्सानीको सेवन गर्दा शरीर तदुरुस्त हुने गर्छ । हरियो खुर्सानीमा क्याप्सियानिक नामक यौगिक रहेको हुन्छ । खुर्सानी खाँदा रगत सफा हुने र नशामा यसको फ्लो तीव्र गतिमा बढ्छ, जसले गर्दा अनुहारमा पिम्पल्सको समस्या हुँदैन । हरियो खुर्सानीमा प्रयाप्त मात्रामा भिटामिन-सी र भिटामिन-ई हुन्छ । यदी शरीर चिलाउने रोग लागेमा खुर्सानीलाई तेलमा जलाएर मालिश गर्दा आराम मिल्छ । हरियो खुर्सानीमा प्रयाप्त मात्रामा भिटामिन-सी र एन्टीअक्सिडेन्ट हुन्छ । एन्टीअक्सिडेन्टले हाम्रो छाला र शरीरको लागि धेरै उपयोगी मानिन्छ । खुर्सानीको सेवनले अनुहार चाँडै चाउरी पर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।


0 comments
Write Down Your Responses