संसारकै लामो कपाल भएकी युवती जसको लम्बाई ५५ फिट, तौल २० किलो, एकपटकमा नुहाउँदा ६ बोतल स्याम्पु, सुक्न तीन दिन र कपाल नकोरेको २५ वर्ष

banner

-  ५५ फिट लामो कपाल
-  तौल २० किलो
- एकपटकमा नुहाउँदा ६ बोतल स्याम्पु
- कपाल सुक्न तीन दिन
-  कपाल नकोरेको २५ वर्ष
 

एजेन्सी । कपाल महिलाको प्रमुख सौन्दर्यको गहना मध्येको एक हो । बाटोघाटोमा युवतीले कपाल चिटिक्क पारेर हिंडेको देख्दा जो कसैको पनि मन लोभिन्छ । कपाललाई बिभिन्न डिजाइनमा सजाएर युवतीअरु आकर्षित देखिने गर्छन ।

तर, फ्लोरिडाकी आसा मन्डेलालाई आफ्नो कपाल लामो भएका कारण हैरानी भएको छ।  उनको कपालको लम्बाइ ५५ फिट छ भने तौल २० किलो छ । बाटोघाटोमा हिड्डुल गर्दा उनको कपाल सम्हालिदिने साथी नभई हुँदैन । किनकि, बाटोमा हिँड्दा एकजनाले उनको २० किलोको कपाल बोकेर हिड्नुपर्छ ।

उनको कपाल एकपटमा नुहाउनका लागि ६ बोतल स्याम्पु लाग्छ भने कपाल सुक्न तीन दिन लाग्छ । जाडो मौसममा उनी चिसो कपालसँगै सुत्ने गर्छिन् । कपाल निकै लामो भएपछि उनले बिगत २५ वर्षदेखि कोर्न छोडेकी छिन् । लामो कपाल भएका कारण केटाहरुले आफुसँग विहे गर्न नमानेको उनले बताएकी छन् । अचानक उनको एउटा हेयर ड्रेसर युवकसँग माया बस्यो र पछि उनीसँगै विहे भयो । विहे पश्चात उनको कपाल समालिदिने उनका श्रीमान् भएका छन् ।


लामो कपालका कारण उनको टाउको र काँधमा असर पर्न सक्ने भन्दै चिकित्सकले उनलाई कपाल काट्न सल्लाह दिंदै आएका छन् । तर उनले  कपालको मोडलिङबाट  लाखौँ डलर कमाउने भएकीले कपाल काट्न अस्विकार गर्दै आएकी छन् । संसारको सबैभन्दा लामो कपाल उनकै नाममा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता छ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.