वियर खानु बेफाइदा हैन झन फाइदै फाइदा जानी राखौ

banner

एजेन्सी । वियर विभिन्न खाले सुक्ष्म पोषक तत्वको राम्रो श्रोत हो । विज्ञहरुका अनुसार दैनिक ३ सय ५५ मिलिलिटर सम्म वियर सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । वियर पनि एक प्रकारको मद्यपान नै हो र मद्यमानलाई स्वास्थ्यका लागि हानिकारक नै मानिन्छ । तर पोषण विज्ञहरुले भने वियरको सन्तुलित मात्रा स्वास्थ्यका लागि लाभदायक हुने बताएका छन् ।

- वियरको सेवनले हड्डी मजबुत पार्न सहयोग गर्छ । जौँ बाट बनेको वियर हड्डीको लागि सबैभन्दा उपयुक्त पाइन्छ ।

- वियरले रक्तनलीमा रगत जम्ने समस्यालाई समेत रोक्छ ।

- बियरको सेवनले मुटुरोगको जोखिम समेत कम गराउँछ । उखानै छ, दिनको एउटा वियरले मुटुको डाक्टरलाई टाढा राख्छ । वियरको नियमित सेवनले रगतमा एचडीएल अर्थात् असल कोलेस्टेरोलको मात्रा बढाउने तथा एलडिएल अर्थात् खराब कोलेस्टेरोलको मात्रा घटाउने गर्छ ।

- वियरको सेवनले मृगौलामा पत्थरीको जोखिम पनि कम गर्छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.