सहिद गौतमका परिवारलाई काँग्रेसको सात लाख सहयोग
काठमाडौँ । नेपाली काँग्रेसले सहिद गोविन्द गौतमका परिवारलाई रु सात लाख तथा घटनाका घाइते टीकाराम चापागाईंलाई रु एक लाख प्रदान गरेको छ ।
काँग्रेसको उक्त सहयोग चेक उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सहिदको श्रीमती लक्ष्मी गौतमलाई हस्तान्तरण गरेका हुन् ।
त्यस्तै नेपाल विद्यार्थी सङ्घ कैलालीले पनि सहिद गौतम परिवारलाई रु चार लाख तथा घाइते टीकाराम चापागाईंको उपचारका लागि रु एक लाख ३० हजार सहयोग प्रदान गरेको छ । घटनाका घाइते चापागाईंलाई उपचारका लागि आजै गहृमन्त्री निधिसँगै हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।
कार्यक्रममा सहिद गौतमको तस्बिरमा गृहमन्त्री निधि, मन्त्री लेखक र सांसदहरुले माल्यार्पण गर्नुभएको थियो । कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले घटनाका बारेमा मन्त्री निधिलाई जानकारी गराएको थिए ।

0 comments
Write Down Your Responses