आज मिती २०७३ साल चैत्र १३ गते आइतवार आजको राशिफल

मेषः– दैनिक काम काजमा प्रगति हुनेछ । लोभ मोह बढ्नेछ । व्यापार व्यवसायबाट पनि आय आर्जन राम्रै होला । पारिवारिक सुख शान्ति मिल्नेछ । पढाईमा ध्यान जाने छैन ।
वृषः– प्रतिश्पर्धा गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । सामान्य प्रयासबाट काम सम्पादन गर्न सकिने छैन । मनमा भय त्रास उत्पन्न हुनेछ । सहयोग गर्ने भन्दा रिस,डाहा गर्ने बढि हुनेछन् ।
मिथुनः–कामको वीचमा दुविधा उत्पन्न हुनसक्छ सोच विचार निणर्य लिन होला । आफुले गरेका कामबाट कहि कतै अरुलाई फाइदा पुग्न सक्छ । मिलेर काम नगर्नु होला ।
कर्कटः– विश्वास र भरोसा टुट्नेछ । सहयोगको आशा गर्नू वेकार हुनेछ । शारीरिक दूर्वलता पनि बढ्नेछ । आवस्यक भन्दा बढि खर्च हुनेछ । व्यापारबाट लाभ लिन सकिने छैन ।
सिंहः– साहास,धैर्यता र पराक्रम बढ्नेछ । साना तिना काम गर्नलाई कुनै कठिनाई पर्ने छैन । व्यापारबाट पनि आय आर्जन बढ्नेछ । बाहिरी कुरामा धेरै ध्यान नदिनु होला ।
कन्याः– वित्तिय कारोवारमा सचेत हुन आवस्यक देखिन्छ । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला । आफुले सोचे जस्तो कहि कतै हुनेछैन । व्यापार मन्द रहला ।
तुलाः– कार्य सम्पादनमा कुनै कठिनाई आउने छैन । काम गरेर अनुसारको प्रतिफल पाईने छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।
वृश्चिकः– सोचाईको विपरित काम हुने देखिन्छ । विना उपलब्धिका काममा समय बढि खर्च हुनेछ । परबन्धनमा परिन सक्छ सजग रहनु होला । हतारमा निर्णय नगर्नु होला ।
धनुः– उपयुक्त बातावरणमा काम गर्न पाईनेछ । काममा विलम्व नगर्नु होला । वित्तिय कारोवार गर्दा सचेत रहनु होला । व्यापार व्यवसायबाट सामान्य आम्दनी हुनेछ ।
मकरः– आफन्तको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । नोकरी तथा राजनीतिबाट पनि लाभान्वित हुनुहुनेछ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न ।
कुम्भः– उपकारी काम हुनेछन् । धर्म कर्म तिर मन जानेछ । पढाई लेखाईमा प्रगति हुनेछ । विरोधीसँगको लडाईमा विजय प्राप्ति हुनेछ । कामले विस्तारै गतिलिनेछ ।
मीनः– उपलब्धि विहिन काममा धन लगानी हुन सक्छ सोच विचार गरी काम गर्नु होला । नयाँ काममा हात नहाल्नु होला । समयमा कुनै पनि काम हुने छैनन् । खर्च बढ्ने छन् ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.