अद्भुत रोगहरु सजिलै नियन्त्रण गर्ने यी हुन् ल्वाँङका १० गुणहरू

अद्भुत रोगहरु सजिलै नियन्त्रण गर्ने यी हुन् ल्वाँङका १० गुणहरू
काठमाडौं, ल्वाँङलाइ नेपाली खानामा बिशेष ठाउँ दिइएको छ । यसको उपयोगबाट खानामा स्वाद आउँदछ, साथसाथै यसमा केही महत्वपूर्ण गुणहरू समेत रहेका हुन्छन । यसको उपयोग तेल तथा एन्टीसेप्टिकका रुपमा गर्ने गरिन्छ । ल्वाँङमा तपाइँको स्वास्थ्यलाइ तन्दुरुस्त राख्नका लागी कयौं गुणहरू रहेका हुन्छन ।ल्वाँङमा हुने एक बिशेष प्रकारको स्वाद यसमा हुने एक तत्व युजेनलको कारणले हुने गर्दछ, यहि तत्वका कारण यसका एक बिशेष किसिमको गन्ध उत्पन्न हुन्छ । यद्दपी, ल्वाँङ हरेक मौसममा हरेक उमेरका मानिसहरूका लागी लाभदायक छ तर सर्दीको मौसममा यसको बिशेष महत्व रहेको छ, किनभने यसमा गर्मी गर्ने तत्व धेरै हुन्छ । ल्वाँङको तेलले निकै गर्मी गराउँदछ, यसका कारण यसको निकै सावधानीसंग प्रयोग गर्नु पर्दछ । जब तपाइँ यसलाइ आफ्नो त्वचामा प्रयोग गर्नुहुन्छ, त्यतिबेला यसलाइ केही अन्य कुरामा मिलाएर लगाउनु पर्दछ ।
यहाँ ल्वाँङका १० गुणहरूका बारेमा चर्चा गरिएको छ
१. दांतहरूमा हुने पीडामा ल्वाँङको प्रयोगले राहत मिल्दछ र यही कारणले ९९ प्रतिशत टूथपेस्टमा हुने पदार्थहरूको लिस्टमा ल्वाँङको बिशेष रूपमा प्रयोग हुने गर्दछ ।
२. खोकी र गन्हाउने स्वासको उपचारका लागी ल्वाँङको प्रयोग गर्न सकिन्छ । ल्वाँङको नियमित प्रयोगले यी समस्याहरूबाट छुटकारा पाउन सकिन्छ । तपाइँ ल्वाँङलाइ आफ्नो खानामा तथा यसलाइ सुपका साथमा खान सक्नुहुन्छ ।
३. सामान्य रूपमा हुने सर्दीलाइ ल्वाँङले ठिक गर्न सक्दछ । तपाइँ ल्वाँङको तेलको दश थोपा महमा मिलाएर दिनमा दुइ देखि तीन पटक प्रयोग गर्न सक्नुहुन्छ । जसले तपाइँको सर्दीलाइ ठिक गर्न सक्दछ ।
४. ल्वाँङमा दिमागी स्ट्रेसलाइ कम गर्ने गुण पनि हुन्छ । ल्वाँङलाइ तपाइँ तुलसी, पुदीना र अलायचीका साथमा प्रयोग गरेर सुगन्धित चिया बनाउन सक्नुहुन्छ, साथै यही मिक्स तपाइँ महका साथमा प्रयोग् गरे स्ट्रेसबाट छुटकारा पाउन सक्नुहुन्छ ।
५. यदि तपाइँ त्वचा सम्बन्धी समस्याहरू जस्तै, पोतो, ब्ल्याकहेड्स,र व्हाइट हेड्सबाट चिन्तित हुनुहुन्छ भने यसको उपाय ल्वाँङको तेलमा लुकेको छ । तपाइँले यसलाइ आफ्नो फेसप्याकमा मिलाएर प्रयोग गर्न सक्नुहुन्छ किनभने यो निकै पोल्ने हुन्छ, यसको सिधै त्वचामा प्रयोग गर्न हुँदैन ।
६. ल्वाँङको तेलमा अन्य कुनैपनि तेलको तुलनामा सबैभन्दा धेरै एन्टीअक्सीडेन्ट गुणहरूले भरपूर हुन्छ । एन्टीअक्सीडेन्ट स्वस्थ त्वचा र शरीरलाइ तन्दुरुस्त राख्नमा निकै उपयोगी हुन्छ । ल्वाँङ तेलमा मिनरल्स जस्तै पोटाशियम, सोडियम, फस्फोरस, आइरन, भिटामिन A, र भिटामिन C अत्यधिक मात्रामा हुने गर्दछ ।
७. ल्वाँङको तेललाइ कुनै बिषालु किराहरूले टोकेमा घाउमा प्रयोग गर्न सकिन्छ ।
८. ल्वाँङको प्रयोग गरेर बनाइएको चियाले केशलाइ निकै फाइदा पुर्याउँछ । ल्वाँङको चियालाइ केश कलर गर्न र स्याम्पु गरेपछि लगाउन सकिन्छ । यसलाइ चिसो बनाएपछि मात्र केशमा प्रयोग गर्नु पर्दछ । तपाइँको केशलाइ सुन्दर बनाउन यो निकै उपयोगी सावित हुन्छ ।
९. ल्वाँङबाट केशका लागी कन्डीशनर पनि बनाउन सकिन्छ । यदि तपाइँको केशमा छिटै लट्टा पर्ने जस्तो समस्या रहेको छ भने, यसबाट बनाइएको कन्डीशनर निकै असरकारक हुन्छ।
१०. ल्वाँङको उपयोगबाट उलटी आउने समस्या, डराउनु र मर्निङ सिकनेसमा आराम मिल्दछ । ल्वाँङको तेलमा केही अमिलो र थोरै चिनीका साथमा पानी राखेर पिउनु पर्दछ ।
यति धेरै उपयोगी ल्वाङको तपाइँ पनि प्रयोग गर्न थाल्ने कि ?

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.