महमा मिसाउनुहोस् मात्र एउटा ल्वाङ, जुन १० फाइदा मिल्छ त्यो विश्वास गर्नुहुन्न

एजेन्सी
चैत १९ – मह र ल्वाङ दुबै स्वास्थ्यका लागि निकै फाइदाजनक छ । जब महमा ल्वाङलाई मिसाएर वा पिसेर हालिन्छ तब यसले स्वास्थ्यमा सकारात्मक असर पुग्ने गर्दछ । यी दुईको सम्मिश्रणले थुप्रै रोगबाट बच्न सहयोग गर्दछ । डा. भानु शर्माले यसका १० फाइदाबारे जानकारी दिएका छन् ।
तौल कमः
यसमा मेटाबोलिजम रेट बढाउँछ र तौल तीब्र रुपमा कम गर्न सहयोग गर्दछ ।
बढ्नेछ छालाको चमकः
मह र ल्वाङ दुबैमा एन्टिब्याक्टेरियल गुण पाइन्छ । यसले छालालाई नरम र चम्किलो बनाउन सहयोग गर्दछ ।
संक्रमणबाट जोगाउँछः
यसले शरिरको प्रतिरोधी क्षमतामा वृद्धि गर्दछ र रुघा–खोकीजस्ता संक्रमणबाट बचाउने गर्दछ ।
घाउ भर्न सहयोगीः
यसमा एन्टी फंगल गुण हुन्छ । यसले घाउ चाँडै ठिक हुन मद्दत गर्दछ ।
क्यान्सरबाट जोगाउँछः
यसमा एन्टीअक्सीडेन्ट्स हुन्छ जसले क्यान्सरबाट जोगाउन सहयोग गर्दछ ।
मुटुरोगबाट जोगाउँछः
मह र ल्वाङ दुबैमा फ्लेवोनाइड्स हुन्छ जसले मुटु रोगबाट बच्न सहयोगी भूमिका निर्वाह गर्दछ ।
ऊर्जावान्ः
यसमा कार्बोहाइड्रेट हुन्छ जसले तपाईंलाई ऊर्जावान् राख्छ ।
पाचन क्रिया ठिक गर्दछः
यो खाँदा मुखमा र्याल बढि बन्ने भएकाले यसले पाचन क्रियालाई ठिक राख्न मद्दत गर्दछ ।
दाँतको दुखाई कम गर्छः
यसमा एन्टी इन्फ्लामेटरी गुण हुन्छ जसले जोर्नी दुखाई कम गर्न मद्दत गर्दछ ।
मृगौला समस्याबाट बचाउँछः
यसले शरिरको टक्सिन टाढा राख्छ र मृगौला, कलेजोको रोगबाट बचाउँछ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.