मुग्लिन-नारायणघाट सडकखण्डको घुमाउनेमा पहराे झरेर सवारीसाधन पुरिँदा १ को मृत्यु पहराे झरेपछि सवारी आवागमन ठप्प
चैत्र २१, २०७३- चितवनको नारायाणघाट–मुग्लिन सडक खन्डमा पर्ने घुमाउने भन्ने स्थानमा सडक माथिबाट पहराे खसेर केही गाडीलाई पुर्दा हालसम्म एकजनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सल्यानका रेशराज राना रहेका छन् ।
काठमाडौंतर्फ जाँदै गरेको ग१०ख ४८४४ नम्बरको मोटरसाइकलमा छोरा सन्दीपसंगै रानासवार थिए । मोटरसाइल पुरिंदा छाेरा सन्दीप पनि घाइते भएका छन्, उनलाई उपचारको लागि भरतपुर लगिएको छ ।
बिहान १० बजेतिर सडक माथिबाट ठूलो पहराे झरेर एउटा जीप, ट्यांकर, ट्रक र दुईवटा बाइक पुरेको मुग्लिन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले मुग्लिन तर्फबाट गएको एस्काभेटरले पुरिएका गाडीहरुलाई निकाल्ने प्रयास गरिरहेको छ ।
ठूला ठूला चट्टानसहितको पहराे खसेर पुरिएको ना६ख ६६६४ को ट्रकलाई झिकिएको छ भने ना४ख ५४१९ नम्बरको ट्याङकर र रा१ख ७७९ नम्बरकाे मिनिट्रक पुरिएको स्थानबाट झिक्ने कोशिस भइरहेको छ ।
पहराे झरेपछि सवारी आवागमन ठप्प भएको छ ।
kantipur bata


0 comments
Write Down Your Responses