सिलाजितले निको बनाउछ नसा दुखेको , जीउ, जोर्नी सुनिएको !जानी राखौं>>>>

सिलाजितले निको बनाउछ नसा दुखेको , जीउ, जोर्नी सुनिएको !
सिलाजित नेपालको हिमाली क्षेत्रमा उच्चपहाडको कडा चट्टान बादो पाखान, ठूला पगारका कापहरुमा, जोजनका चरा र ठूला ढुंगेनका चरहरुमा निस्कने चोप हो। यो हल्का सेतो, गाडा प्याजी खैरौ रंगको गरी २ थरीको हुन्छ। कालो सिलाजति जताततै पाइने र सेतो सिलाजित सिमित रुपमा पाइने दुर्लभ र बढी उपयोगी मानिन्छ।
silajit
सिलाजु ढुंगाको दरारबाट रसान निस्केर खोच भएका ठाँउमा÷ढुंगाको भागमा चुहिएर थुप्रिएको÷बगेको अवस्थामा सारो, कडा भएर रहेको हुन्छ भने भरखर निस्केको च्याप च्याप टाँसिने चिप्लो र चट्टो खालको हुन्छ। यो ढुंगेनमा लेसिएर रहेको गउतजस्तो गन्ध ठस्स गनाउने हुन्छ। यसलाई कुटेर पानिमा मिसाउँदा पूर्ण धुलिने र मिसिने हुन्छ। हालसम्म सिलाजित पूर्वदेखि पश्चिमी नेपालसम्म जताततै पाखनहरुमा पाइने भएता पनि विशेष गरेर मध्य – पश्चिमाञ्चल क्षेत्रमा नै बढी राम्रो पाइन्छ। यसको स्वाद हल्का टर्रो र गउतेइनु खालको हुन्छ।
कालिकोटको पलाता भेगमा र बदालकोट, बरातुको ढुंगे चट्टानमा प्रशस्तै पाइन्छ।
उपयोगीता – हालसम्मको प्रचलनानुसार अाँक विभिन्न रोगका लागि लाभदायिक बिरुवा बिरुवा मानिन्छ। यसले मानव जीवनको हितकारी गुणदायक तत्व दिने हुनाले नसा दुखेमा, जीउ, जोर्नी सुनिएमा ढाँठ समातेमा पक्षघात भएमा उपयोग गरिन्छ। यसरी बात÷रांगन लागेका बिरामी, मर्केर दुखेको जिउ र चोट लागि निलडाम भएमा प्रयोग गरिन्छ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.