पेटको बोसो बढेर चिन्तित हनुहुन्छ ? यी हुन बोसो हटाउने गर्ने सरल उपाय.....
एजेन्सी। सकेसम्म स्लिम देखिने रहर सबैलाई हुन्छ । पेट बढ्यो भने आफूले चाहेजस्तो लुगा समेत लगाउन पाइदैन । त्यसलै यी घरेलु उपाए अपनाएर पेटको बोसो हटाउनुहोस ।
१. बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । मनतातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो उपाय प्रभावकारी हुन्छ ।
२. खैरो चामलको भात भने नेपालको सन्दर्भमा त्यति सम्भव नहोला तर यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस्, त्यसको स्थानमा खैरो चामलको भात खानुहोस् ।यसले बोसो हटाउन सहयोग गर्छ ।
३. पेटको बोसो कम गर्न धेरै पानी पिउनुहोस् । नियमित पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।
४. खानामा फल र सागसब्जी खाने गर्नुहोस् । बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
५. यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट टाढा रहनुहोस् । गुलियोले पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा बोसो जम्मा हुने गर्छ ।
६. बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ ।यसले पनि बोसो घटाउन सहयोग गर्छ ।
७. यदि तपाई वास्तवमै तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस् ।
८. खाना पकाउने तरिका परिवर्तन गर्नुहोस्
खाना पकाउँदा तौल बढाउने खालका मसला प्रयोग नगर्नुहोस् । दालचिनी, अदुवा तथा मरिचको प्रयोग खानामा अनिवार्य रुपमा गर्नुहोस् ।

0 comments
Write Down Your Responses