आज मिती २०७३ साल चैत्र चैत्र २० गते आइतवार आजको राशिफल

मेषः– अर्थ व्यवस्था राम्रै रहला । घरमा सुख शान्ति मिल्नेछ । काम गर्दा विभिन्न झमेला आइलाग्ने छन् । प्रयत्न गरेमा  सफलता मिल्नेछ । समयमा सचेत हुनु आवस्यक छ । पढाई लेखाईमा भन्दा अन्य कुरामा ध्यान जानेछ ।
वृषः– शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।
मिथुनः– विना उपलब्धिका काममा समय खेर जानेछ । अनावस्यक झमेला आई लाग्ने देखिन्छ । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । साँझपख समयमा सुधार आउने देखिन्छ ।
कर्कटः– गोचरबाट दिन अनुकुल नै देखिन्छ । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापारबाट आय आर्जन राम्रो हुनेछ । कुनै काम गर्नु छ भने समयमा नै गर्नु होला सधै समयले साथ दिने छैन । साँझपख खर्च बढ्नेछ ।
सिंहः– आत्मविश्वास बढ्ने छ । लगनशिल भई काममा लाग्नु होला । विना मेहनत कहिबाट केहि मिल्ने छैन । खर्च मात्रै गरेर काम गर्छु भन्ने भ्रम पालेर नबस्नु होला । परिश्रमको फल राम्रो निस्कने छ ।
कन्याः– आजको दिन पनि आफ्नो लागि भन्दा अरुको लागि बढि हुनसक्छ । समयमा भने सामान्य सुधार आउने छ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । परिवारजनको सहयोग कम मिल्ने देखिन्छ ।
तुलाः– समयले कम साथ दिएको देखिन्छ । गरेका कामले पूर्णता पाउने छैन । काम गरेर जश मिल्ने छैन । आलस्यता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।
वृश्चिकः– व्यापारबाट सामान्य लाभ हुने छ । नयाँ सम्भावना पनि देखिन्छ । समयमा काम गर्न सक्नु भएन भने आएको अवसर गुम्ने छ । प्रेममा थोरै सफलता मिल्नेछ । विदेश यात्राको योग देखिन्छ । साँझपख तनाव बढ्नेछ ।
धनुः– कार्य सम्पादनमा कठिनाई आउन सक्छ, लगनशिल भई धैर्यतापूर्वक गरेमा सफलता मिल्नेछ । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ । यात्राको योजना बन्नेछ ।
मकरः– अन्योलता बढ्न सक्छ भ्रमलाई चिरेर अगाडि बढ्नु होला । यात्रामा कष्ट हुने देखिन्छ । अरुको भरोसामा मात्रै काम नगर्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापारबाट सोचे जस्तो लाभ हुने छैन ।
कुम्भः– चिन्ता थपिनेछ ,पेट पोल्ने छ । काम गर्ने जोश,जागर घट्न सक्छ ।  लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै भए पनि सफलता मिल्ने छ । पारिवारिक समस्या बढ्न सक्ने कुरालाई नकार्न सकिन्न ।
मिनः– गरेका काम अधिकाँश सफल हुने देखिन्छ । कुनै काम गर्न पछि नपर्नु होला । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । आफन्तजनको सहयोग पाईने छ । काममा ढिला सुस्ति नगर्नु होला । वेलुकापख समस्या बढ्नेछन् ।
जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्तिॐ शान्तिॐ शान्ति
 – ज्यो. पण्डित वेदनिधि तिमिल्सिनापोखराइमेलः gurupatrakar@gmail.com

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.