के हो खुट्टाको नशा फुल्ने समस्या?.जानी राखौ

के हो खुट्टाको नशा फुल्ने समस्या?
खुट्टामा सञ्चालन भएको रगतलाई मुटुतर्फ फर्काउन दुई किसिमका रगतनली (धमनी) हुने गर्छन्। मांसपेशीको वरिपरि रहने ठुलो धमनीलाई भित्री धमनी भन्ने गरिन्छ। छालामुनि रहने सानो घमनीलाई बाहिरी घमनी भनिन्छ।
सबै बाहिरी धमनी अन्त्यमा भित्री धमनीसँग मिल्छन्। सो मिलन हुने स्थनमा भल्भ हुने भएकाले रगत बाहिरबाट भित्र गरी एकतर्फी मात्र बग्दछ। यदि सो भल्भ कुनै कारणवश खराब हुन गएमा बिस्तारै बाहिरी नशा फुल्छ जसलाई भेरिकोज भेन भनिन्छ।
यसका कारणहरु
(१) लामो समयसम्म उभिनुपर्ने पेसाका कारण (जस्तैः कृषक, शिक्षक, प्रहरी आदि)
(२) मोटोपन
(३) गर्भावस्था
(४) वंशाणुगत
(५) कब्जियत आदि।
भेरिकोज भेनका लक्षण
(१) खुट्टाका नशा फुल्दै जानु
(२) उभिँदा दुख्ने र खुट्टा गल्ने हुनु
(३) खुट्टाको छालाको रङमा परिवर्तन आउनु
(४) खुट्टाको छालामा घाउ देखा पर्नु
(५) खुट्टामा चोट लाग्दा धेरै रक्तस्राव हुनु।
यस्तो छ उपचार विधि
सुरुको अवस्थामा ब्यान्डेज लगाएर तथा औषधि सेवनले केही फाइदा भए पनि पूर्ण निर्मूल गर्न शल्यक्रियाकै आवश्यकता पर्छ। पहिलेको जस्तो धेरै चिरेर, नशा नै निकालेर गरिने शल्यक्रियाभन्दा थोरै चिरेर गरिने आधुनिक शल्यक्रियाबाट बिरामीलाई छिटो निको बनाउन सकिन्छ। शल्यक्रिया गर्दा पनि दुखाइ थोरै हुने भएकाले यो नयाँ प्रविधि विश्वमाझ लोकप्रिय हुँदै छ।
रेडियो फ्रिक्वेन्सी एबलेसन के हो?
भेरिकोज भेनको शल्यक्रियामा प्रयोग गरिने आधुनिक पद्दति हो, रेडियो फ्रिक्वेन्सी एबलेसन। यसमा बाहिरी नशाभित्र मसिनो तार जस्तो औजार छिराएर त्यसबाट रेडियो फ्रिक्वेन्सी वेभको सहायताले खराब नशाको भित्री भाग जलाइन्छ। यस पद्दतिबाट खराब नशालाई पूर्ण रुपमा बन्ध गरेर भेरिकोज भेनलाई निर्मूल गरिन्छ।
रेडियो फ्रिक्वेन्सी एबलेसनका फाइदाः
शल्यक्रियाको भोलिपल्ट नै राम्ररी हिँड्न सकिन्छ
शल्यक्रियामा कम रक्तस्राव हुन्छ
दुखाइ कम हुन्छ
आफ्नो काममा छिटो फर्कन सकिन्छ
छालामा सानो घाउ/दाग मात्र रहन्छ।
भेरिकोज भेनको शल्यक्रिया गरेका बिरामीले के–के गर्ने
(१) शल्यक्रियाको एक सातासम्म चिकित्सकको सुझाव अनुसार खुट्टामा ब्यान्डेज लगाउने
(२) खुट्टामुनि १ – २ वटा सिरानी राखी खुट्टा उचाल्ने
(३) खुट्टाको हलुका कसरत गर्ने
(४) कम्तिमा दुई हप्तासम्म भारी सामान नउचाल्ने
(५) सिँढी तलमाथि धेरै नगर्ने।
(डा. कर्मचार्य धुलिखेल अस्पतालको कार्डियो थोरासिक तथा भास्कुलर विभागमा कार्यरत छन्)-स्वास्थ्य खवर पत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.