सधैँ स्वस्थ रहन, बिहान १० बजे अघि यी १० काम गर्न नभुल्नुहोस्

सधैँ स्वस्थ रहन, बिहान १० बजे अघि यी १० काम गर्न नभुल्नुहोस्
यदि दिनको शुरुवात हामीले अल्छी गरेर गर्यौँ भने त्यो दिन राम्रोसँग बित्दैन । शरीरमा फूर्ति हुँदैन र काममा पनि फोकस गर्न सकिँदैन । यदि हामीले बिहान १० बजेभन्दा पहिले १० कुरामा ध्यान दियौँ भने हाम्रो दिन निकै रमाईलो र फूर्तिलो पारामा बित्छ । जसका लागि हामीले शेड्युल फलो गर्नु आवश्यक छ । तर सबैको लागि एउटै रुटिङ सहज नहुन पनि सक्छ । त्यसकारण हामीले मिलाएर यी कामहरु गर्न सक्छौँ । आज हामी १० यस्ता कुराहरुको बारेमा जानकारी दिँदैछौँ जसलाई दिनहुँ गर्नाले हामी सधै स्वस्थ र फूर्तिलो रहन्छौँ ।
दिनको शुरुवात छिटो भयो भने कामहरु पनि छिटो हुन्छन् । त्यस कारण बिहान छिटो उठ्नुहोस् । छिटो उठ्नाले स्ट्रेश कम हुन्छ र पूरै दिन रमाईलो तरिकाले बित्छ ।
शारीरिक व्यायामले रगतको बहावमा वृद्धि हुन्छ । यसले शरीर र दिमागको कार्यहरु सहज राख्न मद्दत मिल्छ । शारीरिक व्यायामको क्रममा शरीरमा एंडोर्फिन हार्मोनको स्तर बढ्छ, जसले तपाईँको मुड राम्रो रहन्छ र दिनभर फूर्तिलो राख्छ ।
दिनहुँ योगा गर्नाले दिमाग स्वस्थ रहन्छ । योगाले स्मरण शक्ति वृद्धि गर्न र स्ट्रेश कम गर्न सहयोग गर्छ । यसले दिनभर दिमागलाई पनि शान्त राख्छ ।
बिहान केही समय घाम ताप्नु स्वास्थ्यको लागि फाईदाजनक हुन्छ । यसबाट शरीरलाई पर्याप्त भिटामीन डी मिल्छ । बिहानको घामले शरीरमा सेरोटोनिन बनाउँछ जसले तपाईँको मुड पनि राम्रो रहन्छ ।
कागती पानीले शरीरमा भएको टक्सिन्स बाहिर निकाल्छ र दिनभर फूर्तिलो रहन मद्दत गर्छ । त्यस्तै कागतीमा भएको एन्टिअक्सीडेन्ट्सले क्यान्सर, डायबिटिज जस्ता रोगहरुबाट पनि टाढा राख्छ ।
बिहान नुहाउनाले रक्त सञ्चार राम्रो हुन्छ । जसले तपाईँलाई दिनभर ईनर्जेटिक बनाईराख्छ । तर हामीले धेरै समय लगाएर नुहाउनु भने राम्रो हुँदैन ।
केही प्रेरणा प्राप्त हुने किताबहरु पढ्नु पनि तपाईँको लागि फाईदा जनक रहनेछ । बिहान बिहान पढ्नाले स्ट्रेस कम हुन्छ भने कन्फिडेन्ट्स लेवल पनि बढ्छ । जसका कारण तपाईँ दिनभर प्रोडक्टिभ रहनुहुनेछ ।
बिहान सकेसम्म मोबाईल प्रयोग नगर्नुहोस् । मोबाईल प्रयोग नगर्नाले स्ट्रेस कम हुन्छ र काममा ध्यान जान्छ । त्यस्तै मोबाईलको प्रयोग नगर्नाले काम राम्रोसँग पूरा हुन्छ र दिमाग पनि शान्त रहन्छ । ब्रेकफास्ट धेरै तेल र नुन भएको ब्रेकफास्टले कमजोर बनाउने भएका कारण ब्रेकफास्टमा फलफूल र प्रोटीनयुक्त खानेकुराहरु खाने गर्नुपर्छ ।
पुदिनाले श्वासलाई ताजा राख्न मद्दत गर्छ । त्यस कारण पुदिना फ्लेभरको टुथपेस्ट प्रयोग गर्ने गर्नुहोस् । त्यस्तै यहि फ्लेभरको चक्लेट पनि प्रयोग गर्नु राम्रो हुन्छ ।
“माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”
पिएनपी खबरको
छिटो उठ्नु
शारीरिक व्यायाम
योगा
घाम ताप्नु
कागती पानी
नुहाउनु
पढ्नु बिहान
मोबाईल प्रयोग नगर्ने
पुदिनाको प्रयोग

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.